स्थानीय

बुढानिलकण्ठ ९ मा काँग्रेसकाे चुनावी लहर

0

बुढानिलकण्ठ नगरपालिकामा स्थानीय तह चुनावकाे माहाेल तात्दै छ । दल तथा आकांक्षीहरूकाे दाैडधुप तेज गतिले भैरहेकाे देखिन्छ । यस नगरपालिकामा साविक विजेता एमालेसहित नेपाली काँग्रेस, समाजवादी केन्द्र, माओवादी, विवेकशील साझा, राप्रपा र विवेकशील साझा मेयरका लागि मैदानामा छन् ।

मेयर तथा वडाका प्रत्यासीहरू यतिखेर गाउँ टाेल छिमेकमा घरदैलाे गरेर आफ्नाे पक्षामा जनमत आकर्षित गरिरहेका छन् । वुढानिलकण्ठकाे वडा नं ९ मा नेपाली काँग्रेसका उम्मेदवार गणेश काेइरालाकाे पक्षमा जनलहर देखिएकाे छ । पाका तथा बाैद्धिक नेता भनेर चिनिएका काेइराला नेपाली काँग्रेस बुढानिलककण्ठका पूर्व सभापति हुन् भने हाल महाधिवेशन प्रतिनिधि हुन् ।

काेइरालालाइ नै वडाध्यक्ष बन्न चाैतर्फि दवाव आएपछि मैदानमा हाेमिएकाे उनी यतिखेर जनताकाे घर घरमा पुगिरहेका छन् । काँग्रेसकाे औपचारिक घरदैलाे कार्यक्रम शुरू भएकाे बैशाख १८ गते बिहानैदेखि काेइरालाकाे पक्षमा स्थानीयहरू सडकमा निक्लिएका थिए । घरदैलाेकै क्रममा एमालेबाट वडाध्यक्षकाे प्रत्यासीलाइ बाटाे भेट्दा समकक्षी उम्मेदवार पाण्डले काेइरालाइ शुभकामना दिएका थिइन् ।

 

मातृऔंसी : धार्मिक, सांस्कृतिक, व्यावहारिक र नैतिक सबै दृष्टिकोणबाट महत्वपूर्ण औंसी

Previous article

“कपनलाइ जापान” बनाएका अधिकारीलाइ मेयरकाे उम्मेदवार बनाउनुसँगका बिबिध कनेक्सनका कुरा

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *