बुढानिलकण्ठ नगरपालिकामा स्थानीय चुनावअन्तर्गत प्रचारप्रसारकाे बिभिन्न क्रमहरू चलिरहेका छन् । राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरू आआफ्नै शैलीका प्रचारमा व्यस्त छन् । ०७४ काे स्थानीय चुनावमा पराजित भएकाे नेपाली काँग्रेस यसपटक यस नगरपालिकामा सम्हालिएर आफ्ना कदमहरू अगाडि बढाइरहेकाे छ ।
यसै क्रममा बुढानिलकण्ठ नगरपालिकाअन्तर्गत वडा नं ८ मा नेपाली काँग्रेसले उत्साहजनक तथा जीतकाे आधार तय गर्ने गरी प्रचारकाे क्रम शुरू गरेकाे वडाध्यक्ष उम्मेदवार राजाराम थापाले बताएका छन् ।
०७४ काे चुनावमा यस वडामा तुलनात्मकरूपमा कमजाेर देखिएकाे नेपाली काँग्रेसलाइ इकाइ सभापतिसमेत रहेका थापाले पछिल्ला केही महिनामा आफ्ना सहकर्मीसँग मिलेर सांगठनिक मजबुती दिने प्रयास गरेका थिए । थापाकाे काम तथा सक्रियताका बारे पार्टीका बिभिन्न तहमा प्रशंसा पनि भएकाे थियाे । प्रशंसाकाे सेराेफेराेमा थापाले वडाध्यक्षकाे उम्मेदवार प्राप्त गरेका छन् ।
राजाराम थापासँगै वडा नं ८ मा प्रभावशाली एवम् नेतृत्वदायी काम गरिरहेका प्रमाेद अधिकारी, ज्ञानमाया श्रेष्ठ, मुक्ति खतिवडा र पार्वती नेपालीलाइ काँग्रेसले चुनावी मैदानमा उतारेकाे छ । यस वडामा काँग्रेसबीच आन्तरिक वैमनष्यता नरहेकाले जीतका आधार तय गर्न सजिलाे भएकेा पनि बताइन्छ ।
हालका जनप्रतिनिधिले वडाकाे विकासमा गुणात्मक काम गर्न नसक्दा ०५४ साल र हालका दिनमा जनताले उही तथा उस्तै समस्याका पूनरावृत्ति अनुभूति गरिरहेकाले केही फरक साेच र भिजन राखेर वडा विकासमा काम गर्ने वाचा लिएर जनतामाझ जान लागेकाे वडाध्यक्ष उम्मेदवार राजाराम थापाले बताएका छन् । थापाले जनताका साना साना समस्यामा जनप्रतिनिधिले सम्बाेधन गरी दीर्घकालीनरूपमा समुन्नत वडाकाे भिजन बाेकेर जनता माझ आफूहरू पुगिरहेकाे थापाले बताए ।
Comments