स्थानीय

काठमाडाैँ महानगरकाे वडा नं ४ मा काँग्रेसकाे बिजयी माहाैल बन्दै

0

काठमाडौँ महानगरपालिका वडा नं ४ मा नेपाली काँग्रेसका तर्फबाट वडामा उम्मेदवार भएका प्रत्यासीहरूले जीतकाे माहाैल तयार पारेका छन् । पाँचवर्ष अघि एमालेबाट विजयी भएर जनप्रतिनिधि बनेकाहरूकाे कमजाेर कामकाज एवम् प्रदर्शनका साथै  पार्टीकाे फुटकाे सिलसिलाले काँग्रेसकाे चुनावी बाटाे सहज बनाएकाे छ ।

 

बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा न्यौपानेले नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्ष पदमा उम्मेद्वार बनेका छन्  । नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका–४ का सभापतिसमेत रहेका न्यौपाने विभिन्न सामाजिक संघ संस्थामा आवद्ध व्यक्ति हुन् । उनकाे नेतृत्वमा उम्मेदवार बनेकाे टीमका बारेमा महानगर वडा नं ४ काँग्रेसमा ठूलाे विवाद पनि नभएकाे बताइन्छ । विवादहिन अबस्थाकाे काँग्रेस र फुटले चकनाचुर भएकाे एमालेबीच प्रतिष्पर्धा नै नहुनेसमेत आंकलन भैरहेकाे बेला नेता न्याैपाने भने विपक्षलाइ कहिल्यै कमजाेर साेच्न नहुने बताउँछन् । “उनीहरूकाे फुट छ वा उनीहरूले विगतमा राम्राे काम गरेनन् भन्ने कुरा हामी भन्दै हिँड्नेभन्दा पनि हामी वडाका समस्या के के हुन् र हाम्रा एजेन्डा के के हुन् भन्ने विषयमा केन्द्रित छाैँ ।” न्याैपानेले भने ।

 

सुकेधारा, धुम्बाराहीकाे केही भागदेखि बालुवाटारसम्म फैलिएकाे महानगरकाे वडा नं ४ मा नेपाली काँग्रेसकाे विजयी झण्डा फहर्याउन वडाध्यक्षमा न्याैपानेसहित वडा सदस्यमा सुवर्ण सिलवाल, सञ्जय श्रेष्ठ,महिला सदस्यमा सावित्री थापा खनाल र दलित महिला सदस्यमा सीता दमाईले उम्मेद्वारी दिएका छन् ।

निर्वाचन आचार संहिताकाे धज्जी उडाउँदै प्रचारप्रसारमा शम्भु भट्टराइ

Previous article

बुढानिलकण्ठ- ८ मा बिजयी मार्ग तय गर्दै राजाराम थापाकाे टिम

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *