बुढानिलकण्ठ नगरपालिकामा स्थानीय तह चुनावका बिभिन्न रंगहरू देखिन थालेका छन् । चुनावी प्रचारप्रचारसँगै आचारसंहिता उलंघनका दृष्यहरू पनि छरप्रष्टिएका छन् । बुढानिलकण्ठ १२ का एमाले उम्मेदवारले घरदैलाे शुरू गरेका छन् । साे क्रममा निर्वाचन आचार संहिताभन्दा बाहिर गएर टाेपी तथा लुगा लगाएर कार्यकर्ता बाेकेर उम्मेदवार घरदैलाे गरिरहेकाे दृष्य देख्न पाइयाे ।
वडा नं १२ मा आफ्नाे पहिलाे चुनावी घरदैलाे गर्ने क्रममा वडाध्यक्ष उम्मेदवार शम्भु भट्टराइसहितका उम्मेदवारहरूले आफ्ना कार्यकर्तालाइ टाेपी तथा टिसर्ट लगाएर हिँडाएकाे थिए ।निर्वाचन आयाेगले टाेपी टिसर्टलगायतका लुगा लगाउन पूर्ण निषेध गरे पनि भट्टराइ आफै सम्मिलित घरदैलाेमा २० औँ जना कार्यकर्ता टाेपी टिसर्टलगाएर नचाइरहेका थिए ।
नगरपालिका वडा नं १२ का साविक वडाध्यक्षसमेत रहेका शम्भुप्रसाद भट्टराइ नगरपालिकामा सुशासन समितिका संयाेजकसमेत रहेका थिए । उनकाे दुइ विवाह तथा दुइ पत्नी रहेकाे विषय पनि चुनावकाे मुखमा सार्वजनिक भएकाे छ ।
Comments