मुख्य समाचारस्थानीय

चुनावी रणनीति, प्रचारप्रसार र घरदैलाेकाे स्वरूप बुन्दै बुढानिलकण्ठ-१२ नेपाली काँग्रेस

0

बुढानिलकण्ठ नगरपालिकामा भुगाेलकाे आधारमा सबैभन्दा सानाे वडाकाे रूपमा परिचित वडा नं १२ मा चुनावी माहाैल तातेकाे छ । उम्मेदवार मनाेनयनपत्र दर्तासँगै शुरू भएकाे चहलपहल घरदैलाे तथा घाेषणापत्रकाे रणनीतिमा दलहरू व्यस्त छन् । साविक एमालेले जितेकाे यस वडामा विजय गर्ने उद्घाेषका साथ सक्रिय रहेकाे नेपाली काँग्रेस पनि बिभिन्न चुनावी रणनीतिमा सक्रिय रहेकाे वडाध्यक्षका उम्मेदवार सुनित चालिसेले बताए ।

मनाेनयनपत्र दर्ता भएकाे दाेस्राे दिन मंगलबार चुनावी रणनीति तय गर्नका लागि भिन्न भिन्न बैठक तथा छलफलमा आफू सक्रिय रहेकाे चालिसेले बताए । “हामी प्रतिबद्धतापत्र तयार गरिरहेका छाैँ तथा घरदैलाे र प्रचारप्रसारका बिभिन्न पक्षका बारे ठाेस निर्णय गर्दैछाैँ” चालिसले बताए । वडाका समस्या तथा संभावनाका खाकामा काम गरिरहेकाे बताउँदै चालिसले भने “चुनाव प्रभावशालीरूपमा जित्ने रणनीति तयार गर्दैछाैँ ।

यसअघि बैशाख १२ गते सुनित चालिसे वडाध्यक्ष पदमा र वडा सदस्य पदमा नबराज खनाल, सूर्य खड्गी, सुसिला घिमिरे, कल्पना नेपालीले वडा नं १२ बाट मनाेनयनपत्र भरेका थिए । गठबन्धनकाे लगभग सम्भावना टुंगिएकाे यस वडामा समाजवादी पार्टी र माओवादी केन्द्रकाे पनि गतिलाे उपस्थित रहेकाे बताइन्छ । समाजवादी र माओवादी दुवैले आफ्नाे टिम नै मैदानमा उतारेर चुनावी रणनीति तयार गरेकाे बताइएकाे छ । साविक वडा सदस्य पुरूषाेत्तम नेपाल वडाध्यक्ष रहने गरी समाजवादी पार्टीले आफ्नाे सशक्त टिम मैदानमा उतारेकाे छ ।

साविक विजेता एमालेबाट साविक वडाध्यक्षसहितकाे टिम नै चुनावी मैदानमा छ । चुनावी मैदानमा उत्रिने बित्तिकै साविक वडाध्यक्ष तथा वडाध्यक्षका उम्मेदवार शम्भुप्रसाद भट्टराइकेा बहुबिबाहकाे विषयले रूप लिएकाे छ । समाजवादी शक्तिशाली उपस्थितिका कारण खुट्टा भाँच्चिएकाझैँ भएकाे एमालेलाइ वडाध्यक्षकाे उम्मेदवारविरूद्ध बहुबिबाहकाे विषय उठेपछि तनावमा देखिएकाे छ ।

बुढानिलकण्ठ/गाेकर्णेश्वरका सामुदायिक वनमा आगलागी, हेलिकप्टरबाट निभाउँने प्रयास

Previous article

असार मसान्तसम्म गाडी, माेटरसाइकलदेखि टिभी र रक्सीसम्म आयात गर्न प्रतिबन्ध

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *