प्रकृतिराष्ट्रिय

वरिष्ठ चराविद् हेमसागर बरालले लेखेको ‘नेपालका चराहरू’को परिमार्जित नेपाली संस्करण विमोचन

0

नेपालका चराबारे चराविद्हरु रिचर्ड ग्रिमेट, क्यारोल इन्स्किप, टिम इन्स्किप र हेमसागर बरालले लेखेको ‘नेपालका चराहरू’को परिमार्जित नेपाली संस्करण मंगलबार विमोचन गरिएको छ । वरिष्ठ चराविद् हेमसागर बरालले नेपालीमा अनुवाद गरेका हुन् । हिमालयन नेचर’ले प्रकाशन गरेको उक्त पुस्तकमा नेपालमा सन् २०१८ को जुन महिनासम्म विश्वसनीय ढंगले अभिलेख गरिएका सबै प्रजातिका चराबारे तस्बिरसहित व्याख्या गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलले परिमार्जित संस्करणको विमोचन गरेका हुन् ।

पुस्तकमा चराका प्रमुख वासस्थान र चरा प्रजातिहरु, चराको बसाइसराइँ, चरा अवलोकनका लागि प्रमुख क्षेत्रहरु, चराहरूको वितरण र अवस्थामा परिवर्तनका बारेमा व्याख्या गरिएको छ ।

त्यस्तै, पुस्तकमा चरा प्रजातिको अवस्था, रैथाने, हिउँदे आगन्तुक, ग्रीष्म आगन्तुक, बटुवा वा धरातलीय आगन्तुकसम्बन्धी वर्णन गरिएको छ । पुस्तकमा वासस्थान विनाश र तिनको विखण्डन चराका लागि सबैभन्दा महत्त्वपूर्ण खतरा भएको उल्लेख छ । पुस्तक विमोचन गर्दै महानिर्देशक कँडेलले समग्र चराबारे सचित्र व्याख्या गरिएकाले पुस्तकले समग्र चराको अवस्थाबारे प्रस्ट्याउने बताए । ‘चराबारे ज्ञान नभएकाहरुका लागि पनि यो पुस्तकले चराबार बुझाउन मद्दत पुर्‍याउने विश्वास छ’ उनले भने ।

नेपाल पन्छी संरक्षण संघ (बीसीएन) का अध्यक्ष प्रा.करनबहादुर शाहले नेपाली चराबारे मिहीन तरिकाले बुझ्न यो पुस्तकले सघाउने बताए । उनले भने, ‘नक्सा र तस्बिरसमेत राखिएकाले जो कसैले चराबारे बुझ्न सक्नेछन् ।’ त्रिविको प्राणीशास्त्र केन्द्रीय विभागका प्रमुख तेजबहादुर थापाले नेपालका चराको अवस्था, पर्यावरण, बसाइसराइँबारे पुस्तकले प्रस्ट्याउने उल्लेख गरे ।

नेपाल पन्छीविद् संघका अध्यक्ष भगवानराज दाहालले पुस्तकले नेपालको पर्यावरणीय अवस्था, जैविक विविधता, चरा पाइने क्षेत्र, चराका प्रजाति र तिनको अवस्थाबारे विश्लेषण गरेको तर्क गरे । कान्तिपुर

कृषि गणना गर्दै गणक

Previous article

बुढानिलकण्ठ/गाेकर्णेश्वरका सामुदायिक वनमा आगलागी, हेलिकप्टरबाट निभाउँने प्रयास

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *