जनप्रतिनिधि हुने उम्मेदवारहरू कति नैतिक तथा कति अनुशासनपूर्ण जीवनका हुनुपर्छ भन्ने कुरा नेपालमा खासै चर्चा भएकाे पाइँदैन । त्यसैले बहुबिबाह गरेका, बिबाहाेत्तर सम्बन्ध, महिलाप्रति नराम्राे तरिकाले दृष्टि राख्नेदेखि सार्वजनिक जमिन हडप्ने, बाउआमा नराम्राे गर्नेदेखि छाेराछाेरी बिग्रेकासम्मका विषय जाे उठ्नु पर्थ्याे र यी कारणले उनीहरूकाे हारजीतकाे हिसाब किताब हुनुपर्थ्याे ।
०७४ सालमा पनि गाइँगुँइ हल्ला चलेकाे तर विपक्षले खासै उचाल्न नसकेकाे बुढानिलकण्ठ नगरपालिका वडा नं १२ काे बहुबिबाहवाला फन्डा फेरि निस्किएकाे छ । ५ वर्ष वडाध्यक्ष खाइ सकेकाे शम्भुप्रसाद भट्टराइकाे बहुबिबाह वा बिबाहाेत्तर सम्बन्ध छ भन्ने विषय चलिरहे पनि याे विषय प्रश्न नबनिरहेकाे बेला हामीलाइ एउटा लिखित प्रमाण प्राप्त भएकाे छ जसले भट्टराइकाेे बहुबिबाह हुनसक्ने अनुमानलाइ केही पुष्टी गर्छ ।
शम्भुप्रसाद भट्टराइले आफ्ना र आफ्नाहरूकाे बारेमा एक पुस्तककाे कवितामा उल्लेख गरिएकाे पाइएकाे छ । जीवनाथ धमलाद्वारा लिखित तथा सम्पादित “वेन्दात स्मारिका”काे एउटा अंक जसकाे प्रायाेजन भट्टराइले गरेका थिए । साे स्मारिकामा प्रमुख प्रकाशककाे नामसहित भट्टराइ र उनकाे माताजीकाे फाेटाे कभरमा नै छापिएकाे छ । स्मारिकामा कवि धमलाले शम्भु भट्टराइ र उनका आफन्तबारे एउटा परिचयात्मक कविता लेखेका छन् जसकाे शीर्षक छ, प्रमुख प्रकाशन सहयाेगिकाे संक्षेप जानकारी ।
पद्यशैलीमा लेखिएकाे कविताकाे एक अंशमा लेखिएकाे छः
आमाकाे नाम लिलादेवी दुर्गाप्रसाद बाउकाे
जेठाेछाेरा मणिमुकुट हाम्राे कपन गाउँकाे
बुद्धिजिवी जनतासेवी शम्भुप्रसाद हिरा
ज्ञानी सन्तान गृहलक्ष्मी नाम सुनिता र मीना ।
आफैद्वारा आफ्ना लागि कविता लेखिएकाे कवितामा “गृहलक्ष्मी नाम सुनिता र मीना” भनिएसँगै भट्टराइकाे बहुबिबाहलाइ प्रमाणित गर्न सक्छ । लेखक धमला स्वयम् बुढानिलकण्ठ १२ कै भएकाले पनि उनले लेख्दा साेधेर र प्रामाणिक नै लेखेकाे हुनुपर्ने देखिन्छ । आमा बुबा, भाइ बुहारीकाे नामसमेत उल्खित कवितामा सबै कुरा दुरूस्त देखिन्छ ।
नियमतः बहुबिबाह गरेकाे प्रमाण भएकाे मान्छे जनप्रतिनिधि बन्न येाग्य मानिदैन । अब याे विषय कति प्रामाणिक हाे वा के हाे भन्ने बारे विपक्षले कति खाेजबिन गर्ला त्यसकाे चासाे सबैलाइ चासाे छ । याे प्रशंगसँगै यसै वडाबाट नेकपा एसबाट वडा सदस्य पदमा उम्मेदवारी दिएका कुमार पुडासैनी पनि बहुबिबाह गरेकाे व्यक्ति भनेर चर्चा भएकाे छ ।
यता ०७४ सालमा पनि शम्भुप्रसाद भट्टराइलाइ जिताउन महत्वपूर्ण भूमिका खेल्ने र अबकाे चुनावमा पनि भट्टराइकाे चुनावी माहाैल हाँक्ने व्यक्ति हुन् केदार पुडासैनी । प्राध्यापन पेशामा संलग्न पुडासैनी पनि बहुबिबाहवाला हुन् । उनकाे दुवै श्रीमती तथा उनका सन्तानहरू बुढानिलकण्ठ १२ मा नै बस्छन् ।
Comments