कुनै समय काठमाडाैकाे उत्तरी भेक विशेषगरेर चक्रपथ काटेर माथितर लागेपछि कम्युनिस्टहरूकाे बिउ पनि पाउन मुस्किल थियाे । एकाध कार्यकर्ता भए पनि ती मुखरित कार्यकर्ता नहुँदा उत्तरतिरका केही गाउँमा कम्युनिस्ट खडेरी थियाे काँग्रेसकाे दबदाबा थियाे । काँग्रेसकाे दबदबाबीच एक युवा तथा उनका सहकर्मीहरूले उत्तरलाइ कालन्तरमा कम्युनिस्टकाे गढ बनाए । ती युवा थिए बालकृष्ण श्रेष्ठ ।
तिनै बालकृष्ण श्रेष्ठपछि गाविस अध्यक्ष हुँदै बुढानिलकण्ठ नगरका वडाध्यक्षसमेत भए । हाल एकिकृत समाजवादी पार्टीमा रहेका श्रेष्ठ जनमैत्री नेताका रूपमा चिनिन्छन् । श्रेष्ठकै पहलमा हाल बुढानिलकण्ठ मन्दिर बिबिध समस्याका बाबजुद केहि मात्रामा हेर्न लायक बनेकाे बताइन्छ । बैशाख ३० गते हुने स्थानीय तहका निर्वाचनमा बालकृष्ण श्रेष्ठ नेकपा समाजवादी केन्द्रका तर्फबाट बुढानिलकण्ठ नगरपालिकाकाे मेयर उम्मेदवार भएका छन् । वडा नं ३ वासी श्रेष्ठलाइ उनकै पार्टीका नेता ध्रुवराज न्याैपानेले मेयर पद छाडेका हुन् ।
सबै पार्टीले कपनबाट मेयर पदमा उम्मेदवार उठाएपछि कपन ध्रुवराज न्याैपानेपछि हटेर बालकृष्ण श्रेष्ठ मेयर पदकाे उम्मेदवार हुनुलाइ रणनैतिक महत्चकाे रूपमा हेरिएकाे छ । खाेलावारी र खाेलापारीकाे मानसिक समस्यामा जुधिरहेकाे बुढानिलकण्ठमा श्रेष्ठकाे उम्मेदवारी अर्थपूर्ण देखिन्छ ।
Comments