मुख्य समाचारस्थानीय

बुढानिलकण्ठ मेयरमा नेपाली काँग्रेसले शिक्षित एवम् युवा विनाेद चालिसे उम्मेदवार बनायाे

0

बुढानिलकण्ठ नगरपालिकाकाे मेयर पदमा नेपाली काँग्रेसले विनाेद चालिसलेलाइ उम्मेदवार बनाएकाे छ । राजनीतिमा ०४६ सालदेखि लागेका चालिसे नेपाली काँग्रेसका महामन्त्री गगन थापाकाे क्लासमेट साथी पनि हुन् । काँग्रेसले बिनाेद चालिसेकाे बुढानिलकण्ठले एक शिक्षित तथा युवा उम्मेदवार उठाएकाे छ । बूढानीलकण्ठ–११ निवासी नेता विनोद चालिसे नेपाली कांग्रेस भित्रका प्रभावशाली नेता हुन् । नेका महामन्त्री थापाले बुढानिलकण्ठका लागि तयार पारेकाे नेताकाे रूपमा पनि चालिसेलाइ हेरिने गरिन्छ । पढेका मान्छे जनप्रतिनिधि नहुने खडेरीमा विद्यावारिधीकाे तयारी गरिरहेका चालिसेलाइ काँग्रेसले उम्मेदवार बनाएसँगै चर्चा परिचर्चा चुलिएकाे छ ।

चालिसेले व्यवस्थापन विषयमा स्नातकोत्तर तथा शिक्षा शास्त्रमा स्नातकसम्म अध्ययन गरेका छन् । उनी कविता, गीत तथा गजल लेखनमा पनि सक्रिय छन् । उनकाे ‘तिम्रो आँखाको आकाश’ कविता संग्रह प्रकाशित छ भने ‘मनको धुन’ गीति एल्बम बजारमा आइसेकेकाे छ । त्यसैगरी एक गजल संग्रह प्रकाशाेन्मुख रहेकाे छ ।

विनाेदा चालिसे ०५० सालदेखि नेबिसंघ गाउँ कमिटी सचिव, क्षेत्रीय सभापति, जिल्ला सदस्य, जिल्ला सह–सचिव हुँदै २०५३ सालमा नेबिसंघको तर्फबाट विश्व भाषा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनमा समेत निर्वाचित भैसकेका छन् । हाल उनी नेपाली काँग्रेसका महासमिति सदस्य हुन् ।

“कपनलाइ सुन्दर जापान बनाएँ” भन्ने मिठाराम अधिकारीलाइ एमालेले बुढानिलकण्ठकाे टिकट दियाे

Previous article

समाजवादीले बुढानिलकण्ठमा रणनीतिकरूपमा बालकृष्ण श्रेष्ठलाइ मेयर पदमा उम्मेदवार बनायाे

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *