स्थानीय

“कपनलाइ सुन्दर जापान बनाएँ” भन्ने मिठाराम अधिकारीलाइ एमालेले बुढानिलकण्ठकाे टिकट दियाे

0

साविक कपन गाविसका अध्यक्ष तथा नेकपा एमालेका नेता मिठाराम अधिकारीले बुढानिलकण्ठ नगरपालिकाकाे मेयर पदमा उम्मेदवार बनाएकाे छ । नेताका खडेरीबीच एमालेले साविका मेयर उद्धव खरेललाइ हटाएर अधिकारीलाइ टिकट दिएकाे हाे । एमालेभित्र शक्ति सन्तुलनकाे द्वन्द्वमा तुलनात्मकरूपमा कमजाेर अधिकारीले उम्मेदवार हुन पाएका छन् । सबैले हालका मेयर खरेलले नै मेयर हुने निश्चित भनिरहेकाे बेला राजन भट्टराइ निकट अधिकारीले सहजै टिकट हत्याएका छन् । इश्वर पाेखरेल निकट भनिएका मेयर उद्धव खरेलले उम्मेदवारी नपाएकाे प्रति एमाले बुढानिलकण्ठकाे एक तप्कालाइ पत्याउनै मुस्किल भैरहेकाे देखिन्छ ।

स्वयम् मेयर उद्धव खरेलले आफूले टिकट पाउने कुरामा शतप्रतिशत विश्वस्तझैँ थिए । तर उग्र महत्वाकांक्षाका शिकार भएका खरेलकाे मेयर दाेहाेर्याउने सपना अन्ततः पुरा भएन । खरेलकाे दाेहाेर्याउने सपना पुरा नहुनु र अधिकारीलाइ विचरा भनेर दिइएकाे उम्मेदवारी एमालेलाइ कति फाइदाजनक हाेला त्याे हेर्न बाँकी छ । यति भन्न सकिन्छ एमालेले अधिकारीलाइ उठाएर फलामकाे च्यूरा खाने निधाे भने गरेकै हाे ।

मिठाराम अधिकारी कपन गाविसमा ०५४ सालकाे निर्वाचनमा निर्वाचित गाविस अध्यक्ष हुन् । भर्दर बस्ती बसाइकाे सुरू भएकाे बेला गाविस अध्यक्ष भएका अधिकारीले नै अव्यवस्थित अभावग्रस्त कपन बनाए । उनकै पालामा खाेलामा ढल हाल्नेदेखि यावत कामहरू भए । उनी गाविस अध्यक्षहुँदा बाटाे तथा घर बनाउने न्यूनतम मापदण्ड नबनाउँदा अहिले कपन मरूभूमिजस्ताे भएकाे छ । आधा दर्जन वर्षे खाेलामा ढल हाल्दा तिनै ढल हालेकाे खाेला कारण हाल कपन वर्षामा पूर्णतः डुब्ने गरेकाे छ । अधिकारीका पालामा भएका कमजाेर विकासकाे साेचका कारण हाल कपन बस्न अयाेग्य भूमिझैँ भएकाे छ । यद्यपि मिठाराम अधिकारीलाइ आफूले कपनलाइ जापान बनाएकाे भान भने हुने गर्छ । उनले सार्वजनिकरूपमै कपनलाइ जापान मैले बनाएकाे हुँ भन्ने गर्छन् । कपनलाइ जापान बनाएकाे साेच राख्ने गाविस अध्यक्षहुँदै प्रमाणित भैसकेका मिठाराम अधिकारी एक उम्दा राजनीतिक कार्यकर्ता भने हुन् । तर उनमा मेयर वा कार्यकारी पदमा बस्नका लागि न भिजन छ अध्ययन नै ।

याे युगकाे मेयर भनेकाे एक विशाल अध्ययन एवम साेचकाे हुनपर्नेमा एमालेले शक्ति संषर्षका बाछिटाका रूपमा कमजाेर अध्ययन पृष्ठभूमिका अधिकारीलाइ मेयर बनाएकाे छ । अबकाे मेयरमा काम गर्ने इच्छाशक्तिदेखि भिजन र मिसनले निर्दृष्ट हुनु पर्नेमा भिजन मिसन भनेकाे नै नबुझ्ने व्यक्तिलाइ मेयरजस्ताे पदमा ल्याउनुलाइ एमाले वृत्तका शिक्षित तथा युवाहरूका पक्षमा बाेलिरहेका तप्का विस्मित भएकाे देखिन्छ ।

बुढानिलकण्ठ १३ मा भरत श्रेष्ठकाे लहर, ४ दर्जनले काँग्रेस प्रवेश गरे

Previous article

बुढानिलकण्ठ मेयरमा नेपाली काँग्रेसले शिक्षित एवम् युवा विनाेद चालिसे उम्मेदवार बनायाे

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *