बुढानिलकण्ठ नगरपालिका वडा नं १३ चुनिखेलमा नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार भएका युवानेता भरत श्रेष्ठकाे पक्षमा विशाल लहर देखिएकाे छ । मनाेनयनपत्र दर्ता नहुँदै युवानेताका पक्षमा लहर देखिएकाे हाे । यसैक्रममा भरत श्रेष्ठलाइ जिताउनका लागि प्रभावशाली कम्युनिस्ट नेता रामलाल श्रेष्ठसहित दर्जनौ नेपाली कांग्रेसमा प्रवेश गरेका छन।
नेपाली कांग्रेस बुढानिलकण्ठ नगरपालिका वडा नं १३ समितीले आयोजना गरेको युवा भेला तथा पार्टी प्रवेह कार्यक्रममा नेकपा माओवादी केन्द्रका पुर्व अध्यक्ष श्रेष्ठ सहित करिव ५० जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । यसअघि पहिलाेचरणकाे घरदैलाे सम्पन्न गरिसकेका छन् । घरदैलाेमै श्रेष्ठकाे पक्षमा जनसामान्यकाे विश्वासपूर्ण चासाे देखिएकाे थियाे ।
साविक चुनिखेल गाविसमा विभिन्न सामाजिक र सांस्कृतिक अभियानको नेतृत्व गरिरहेका श्रेष्ठलाइ सघाउन सामाजिक अभियान्तासमेत रहेकाे रामलाल श्रेष्ठकाे नेतृत्वमा ४ दर्जन नेता कार्यकर्ता काँग्रेस महामन्त्री गगन कुमार थापाकाे हातबाट टीका लगाएर काँग्रेस प्रवेश गरेका हुन् । रामलाल श्रेष्ठसँगै बसन्त श्रेष्ठ, सागर श्रेष्ठ, शैलेन्द्र श्रेष्ठ, नारायणदास श्रेष्ठ,समिर श्रेष्ठ, बसन्त श्रेष्ठ, अमिर श्रेष्ठ, सुरज माया श्रेष्ठसहित करिव ५० जना नेपाली कांग्रेस प्रवेस गरेका हुन् ।
बुढानिलकण्ठ १३ मा साविक वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठले पुन उम्मेदवारी नपाउने लगभग निश्चित भए पनि एमालले कसलाइ टिकट दिने अझै निर्णय हुन सकेकाे छैन ।
Comments