विचार/लेखस्थानीय

सुमित खरेलले हल्लाइ दिएकाे उद्धव खरेलकाे धरातल

0

लामाे समय सुमित खरेल बुढानिलकण्ठ नगरपालिकामा उद्धव खरेलकाे निकट रहे । त्यसाे त पार्टीभित्र पनि सुमित खरेल एमाले पङ्तिमा केही गर्न सक्ने युवाहरूकाे काेटीभित्रका अब्बल नै थिए । उद्धव खरेलले आफू मेयर भएपछि सुमित खरेललाइ अब्बल काेटीका युवासहित केही नाताका कारणले पनि आफूसँगै राख्न चाहेकाे हुनुपर्छ । मेयर खरेलले सुमितलाइ यसरी छान्दा धेरैले बुढानिलकण्ठमा केही नयाँ आशा गर्न सकिने अनुमान पनि गरे । ४ वर्ष नगरपालिकामा मेयरकाे सहयाेगि भएर बस्दा सुमितले मेयरलाइ हरेक कुनामा सहयाेग गरेकाे जनजनमा मनमनमा पुगेकाे तथ्य हाे ।

जनपरिचालनदेखि विकासका ढाँचा र युवा परिचालनसम्ममा सुमितले मेयरलाइ दिएकाे सल्लाहलाइ मेयर स्वयमले कति आत्मसात गरे भन्न सकिन्न तर जनताले बुझ्ने तहसम्म भने पुग्याे । याे पाँचवर्षमा भएका काममध्ये विशेषगरेर “युवानिलकण्ठ” नामकाे प्लेटफार्म युगाैसम्म बाँच्ने गरी बन्न भ्यायाे । युवाहरूलाइ केही गर्न लालयित गराउने याे प्लेटफार्म नै हाे उद्धव खरेलकाे पालामा केही देखिन सक्ने काम भनेर प्रचार गर्न सकिने एकमात्र कुरा । वार्षिकरूपमा संचालन गरिएकाे युवानिलकण्ठले सुमितलाइ चर्चित बनाएपछि भने मेयर खरेल डाडिए । उनले युवानिकलण्ठलाइ चल्न दिएनन् अगाडि बढाएनन् । फलतः पछिल्ला दुइवर्षदेखि युवानिलकण्ठकाे कार्यक्रम संचालन हुनसकेन । तथापि बुढानिलकण्ठवासीमा “युवानिलकण्ठ” अमिटछाप बनेर बस्याे, विशेष गरेर युवापुस्तामा ।

सुमितले मेयर खरेललाइ असफलता तथा अकर्मण्यताका दर्जनाैँ मुद्धामा जाेगाउन प्रयास गरे । बिभिन्न संचारमाध्यममा लेख लेखेर हाेस् वा नगरपालिकाकाे आफ्नै संचारमाध्यम बनाएर हाेस् मेयरलाइ उनले हरेक माैकामा बचाउन तथा सघाउन प्रयास गरे । तर मेयर खरेलमा रहेकाे रूढिग्रस्त साेच र इच्छाशक्तिकाे अभावबीच प्रयासका यावत् श्रृङ्खलाबाट आजित भएर सुमितले गत साउनमा मेयरकाे साथ छाडे । मेयरकाे साथ छाडेपछि पनि सुमितले मेयरलाइ तथानाम बिराेध वा छारस्ट गर्ने खालकाे व्यवहारमा उत्रिएनन् ।

यतिखेर सुमितसँग बुढानिलकण्ठमा मेयरले गर्नुपर्ने काम तथा सपनाका बारे सबैभन्दा धेरै खाका छन् । याे उनले ४ वर्ष नगरपालिकामा बसेर आर्जन गर्न सके । उनले मेयर खरेलका कमजाेरी दस्ताबेजमात्र हैन सबैखाले नाडी छामेका छन् । सुमितले एक भेटमा यस लेखकसँग सहजै भने, “उद्धव खरेल हार्ने कुरामा दुइमत छैन, बस सपना र इच्छाशक्ति भएकाे मान्छे बुढानिलकण्ठकाे मेयर हुनुपर्याे ।”

फुटेर खिया परेकाे एमालेभित्र उद्धव खरेलकाे धरातल छामेका सुमित अहिले उद्धव खरेलबिरूद्ध आफै मेयर पदकाे उम्मेदवार भएका छन् । स्वतन्त्र उम्मेदवार बनेका सुमित यतिखेर बुढानिलकण्ठका कुनाकुना पुगेर विकासका खाका भएका उम्मेदवार छान्न जनतालाइ प्रेरित गरिरहेका छन् । सुमितले दलका उम्मेदवारले दलकाेमात्र पृष्ठपाेषण गर्ने गरेकाले स्थानीय सरकारमा दलविहीन व्यक्ति ल्याएमात्र विकास हुने धारणा राख्छन् । उनकाे याे धारणामा धेरैजनाकाे सहमति पनि देखिएकाे छ । उद्धव खरेलकाे पालामा देखिएकाे दलीय सिन्डिगेटले आजित भएका सबैपात्र यतिखेर सुमितकाे अभियानका साक्षी भएका छन् ।

वडा नं ५ काे डाँडागाउँदेखि वडा नं १२ काे तेन्जिङचाेकसम्म सुमित गएकाे पाँचवर्षमा विकासले लय लिन नसकेकाेले अब विकासकाे खाका भएका कारण आफूलाइ जिताउन भनेर क्याम्पेनिङ गरिरहेका छन् । युवापुस्तामात्र हैन उद्धव खरेलकै पुस्ता पनि सुमितकाे भनाइमा आफूलाइ ढालिरहेकाे देखिन्छ ।
– केशव पाठक

बुढानिलकण्ठ मेयरका लागि समाजवादीले न्याैपाने, श्रेष्ठ र नेपालकाे नाम सिफारिस गर्याे

Previous article

बुढानिलकण्ठ १३ मा भरत श्रेष्ठकाे लहर, ४ दर्जनले काँग्रेस प्रवेश गरे

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *