मुख्य समाचार

बुढानिलकण्ठ मेयरका लागि समाजवादीले न्याैपाने, श्रेष्ठ र नेपालकाे नाम सिफारिस गर्याे

0

बुढानिलकण्ठ नगरपालिकाकाे मेयर पदका लागि नेकपा समाजवादी केन्द्रका तर्फबाट ३ जनाकाे नाम सिफारिस भएकाे छ । सिफारिस भएकामा क्षेत्र नं ४ अध्यक्ष ध्रुवराज न्याैपाने, वडा नं ३ का वडाध्यक्ष तथा प्रदेश कमिटि सदस्य बालकृष्ण श्रेष्ठ र जिल्ला कमिट सदस्य निरन्जन नेपाल रहेका छन् । पत्रकार अशाेकराज पाण्डेका अनुसार गठबन्धन भएमा ध्रुवराज न्याैपानेलाइ अगाडि सार्ने तयारी गरिएकाे छ । गठबन्धन नभएमा भने तीनमध्ये एकले मेयर पद पाउनेछन् । गठबन्धन्न भएमा समाजवादीले मेयर नपाए उपमेयरमा ध्रुवराज न्याैपानेलाइ उठाउने छ ।

त्यसैगरी उपमेयरमा गठबन्धन नभए प्रमिला सापकाेटाेकाे नाम सिफारिस गरिएकाे पनि पाण्डेले बताए । पाण्डेका अनुसार बुढानिलकण्ठकाे ६५ नै सिटका लागि समाजवादीले नाम सिफारिस गरेकाे छ। “गठबन्धन भएन भने हामी बुढानिलकण्ठका सबै पदमा उम्मेदवार उठाउने छाैँ” पाण्डेले भने ।

बुढानिलकण्ठः पाँच वर्ष जनप्रतिनिधि भएर निकम्मा ठहरिएकाहरू फेरि उम्मेदवार !

Previous article

सुमित खरेलले हल्लाइ दिएकाे उद्धव खरेलकाे धरातल

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *