२७ औँ वन्यजन्तु सप्ताहको अवसरपारेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको सहकार्यमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्जकाे एक भेकमा पंक्षी अवलाेकन तथा पंक्षी सूचिरकण कार्य सम्पन्न भएकाे छ । बर्ड कन्जर्भेसन नेपाल (पंक्षी संरक्षण नेपाल) ले शिवपुरी र नागार्जुन राष्ट्रिय निकुञ्जमा पंक्षी अवलोकन कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अधिकारीहरुसहित प्रकृति संरक्षण संघ, विश्व वन्यजन्तु कोष, पंक्षी संरक्षण नेपाल, विद्यार्थी र सदस्यहरू सहभागिता थियो ।
पानीमुहानदेखि नागीगुम्बासम्म चराको अवलाेकन तथा सूचिकरण पदयात्रा गरिएकामा ४० भन्दा बढी प्रजातिहरू रेकर्ड गरिएको पंक्षी संरक्षण नेपालले जनाएकाे छ । तस्वीरः पंक्षी संरक्षण नेपालकाे फेशबुक पेज
Comments