बुढानिलकण्ठ नगरपालिकामा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय मेयरकाे घरसँगै बनाएपछि विवादित हुनसक्ने देखिएकाे छ । मेयर उद्धव खरेलकाे घरसँगै बनाइएकाे जेष्ठ नागरिक पार्क भनिएकाे सार्वजनिक स्थलमा रहेकाे सामुदायिक भवनमा औपचारिकरूपमा निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिएकाे हाे ।
ढानीलकण्ठ नगरपालिकाको निर्वाचन प्रक्रियालाई विवादरहित ढंगबाट सफल बनाउनका लागि भनेर स्थापना गरिएकाे निर्वाचन कार्यालय सामान्यरूपमा हेर्दा अपायक ठाउँमा देखिन्छ । आफ्नै वडाप्रेमी मेयर भनेर पनि आलाेचित भैरहेकाे मेयर खरेलले निर्वाचन अधिकृतकाे कार्यालय आफ्नाे घर नजिकै बनाउनुकाे पछि उनी आफै पनि फेरी उम्मेदवार बन्न् लागेकाे परिप्रेक्षमा अर्थपूर्णरूपमा हेरिएकाे छ । याे बारे हालसम्म प्रमुख राजनीतिक दल वा अन्य पक्षबाट कुनै सार्वजनिक टिप्पणी भने भएकाे छैन ।
फाेटाेः बुढानिलकण्ठन्यूज
Comments