ज्याकरन्डा अर्थात गुलमाेहर । याे नेपालकाे आफ्नै वनस्पति नभए पनि काठमाडाैँ सहरकाे राैनकतामा गुलमाेहरले बैजनी माेहकता फैलाउन थालेकाे ४० वर्षकाे हाराहारी भैसकेकाे छ । बसन्त ऋतुको आगमनसँगै काठमाडौं सहर यतिबेला फेरी बैजनी रङले ढकमक्क देखिएको छ। ज्याकारान्डाका फूल फुलेपछि सडकमा बैजनी रङ देखिने ठाउँ बढेका हुन्। काठमाडौंका सडक, पार्क, सार्वजनिक स्थान बैजनी रङले सुन्दर बगैंचाजस्तो देखिएका छन्।
दरबारमार्ग, रत्नपार्क, सुन्धारा, सिंहदबार वरिपरि तथा चक्रपथका दायाँ-बायाँ फुलेका ज्याकारान्डाको दृश्य मनमोहक देखिन्छ। सडक तथा पार्कमा सर्वसाधारणले ज्याकारान्डाका फूलसँग तस्बिर तथा भिडिओ खिचिरेहेको देखिन्छ। याे तस्वीर कमलपाेखरीकाे हाे । तस्वीर नबिनबाबु गुरूङले खिचेका हुन् ।
Comments