स्थानीय

चुनिखेलमा जीतकाे माहाैल बनाउँदै युवा उम्मेदवार भरत श्रेष्ठ

0

बुढानिलकण्ठ वडा नं १३ काे वडाध्यक्ष पदमा नेपाली काँग्रेसकाे तर्फबाट उम्मेदवार घाेषणा भएका भरत श्रेष्ठ पहिलाेचरणमा वडावासीकाे घरघरमा पुगिसकेका छन् । ०७४ काे चुनावमा एमालेले विजय हासिल गरेकाे वडामा यसपटक जित्ने याेजनाका साथ भरत श्रेष्ठलाइ सर्वसम्मतरूपमा नेपाली काँग्रेसले उम्मेदवार बनाएकाे थियाे । उम्मेदवारकाे रूपमा उनकाे नाम अगाडि आउनासाथ विजयी हुने आकंलन भैरहेकाे छ ।

०७४ मा निर्वाचित जनप्रतिनिधिले पाँचवर्षमा वडालाइ हर किसिमले दुरावस्थामा पुर्याएकाे अबस्था वडा नं १३ वासीले भरत श्रेष्ठकाे रूपमा शक्तिशाली युवा नेता पाएकाे स्थानीयवासीले बताएका छन् । सामाजिक क्षेत्रका बिभिन्न काममा सक्रिय रहेर राम्राे छवि बनाएका श्रेष्ठकाे उम्मेदवारीसँगै वडा नं १३ काँग्रेस पनि एकजुट एवम् एकढिक्का बनेकाे छ ।

एकढिक्का भएर शक्तिशालीरूपमा भरत श्रेष्ठलाइ वडाध्यक्षकाे रूपमा काँग्रेसले उम्मेदवार बनाए पनि एमालेे भने अझै कसलाइ उम्मेदवार बनाउनेबारे निर्णयमा पुग्न सकेकाे छैन । पाँचवर्ष वडाध्यक्ष भएर विसंगतिपूर्ण काम गरेकाे भनेर आलाेचित श्रीकृष्ण श्रेष्ठलाइ यसपटक एमालेले टिकट नपाउने बताइएकाे छ ।

५ वर्ष विसंगतिपूर्णरूपमा चलेकाे वडालाइ कसरी सुशासनयूक्तरूपमा चलाउने बारे काँग्रेस उम्मेदवार श्रेष्ठले भने याेजना बनाइसकेका छन् । जनताकाे सेवासँग सम्बन्धित विषय भएकाले सुशासन नै भरत श्रेष्ठकाे पहिलाे मुद्धा हाे । श्रेष्ठले आफू बिजय भएकाे खण्डमा गर्ने मुख्य काम नै काखापाखा नगरी वडावासीलाइ सहज सेवा दिने बताएका छन् । व्यवस्थित प्लटिङदेखि सामुदायिक वनकाे संरक्षणका लागि पनि श्रेष्ठले याेजना बनाएका छन् । सार्वजनिक जमिनकाे पहिचान नापनक्सा गरी त्यसकाे व्यवस्थित संरक्षणदेखि चुनिखेलकाे नेवारी कला संस्कृतिमा काम गर्ने विस्तृत याेजना श्रेष्ठले बनाएका छन् ।

नेवारी संस्कृतिकाे संग्रहालयदेखि विकास निर्माणमा ठेक्का प्रवृत्तिकाे अन्त्यसम्मका विषय उनकाे याेजनामा परेका छन् । बुढानिलकण्ठ नगरपालिकामा एउटा उत्कृष्ट वडाकाे रूपमा वडा नं १३ लाइ चिनाउन श्रेष्ठले बनाएकाे खाका केही दिनमा सार्वजनिक हुँदैछ । श्रेष्ठ भन्छन्, मैले स्थानीयवासीसँग पनि सल्लाह सुझाव मागेर प्रतिबद्धतापत्र बनाइरहेकाे छु ।

कफिः नेपाली कृषिलाइ विदेशमासमेत हिराे बनाउन सक्ने बाली

Previous article

सबैभन्दा प्रभावशाली बन्याे सामाजिक सन्जालकाे सदुपयाेग

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *