राष्ट्रियविशेष

बुढानिलकण्ठ (हात्तीगाैँडा)का सन्दिप केसीले जिते पावरलिफ्टिङ प्रतियाेगिताकाे पाँचाै संस्करण

0

प्रथम मिस्टर नेपाल स्व. निलकण्ठ मानन्धरकाे स्मृतिमा आयाेजना हुने पावरलिफ्टिङ प्रतियाेगिताकाे पाँचाै संस्करण टाइटल बुढानिलकण्ठ हात्तीगाैँडाकाे सन्दिप केसीले जितेका छन् । नेपाल व्यायम मन्दिरकाे आन्तरिकरूपमा हरेक नयाँवर्षमा आयाेजना गर्ने प्रतियाेगिताअन्तर्गत सन्दिप केसीले कुल ४६० केजी भारबहन गर्ने प्रथम भएका हुन् । केसीले दाेस्राे हुने रूदेन्द्र नारायण श्रेष्ठभन्दा ५ केजी बढि भारबहन गरेका थिए ।

त्यसैगरी अब्दुल समद रकी ३८५ केजी भार बहन गर्दै तेस्राे भए भने महिलातर्फ निर्मला पुजाराले २६० केजी भारबहन गर्दै प्रथम भइन् । पुजाराले दाेस्राे हुने सदिक्षा शाहभनदा ४० केजी बढि भारबहन गरेकी थिइन ।

नयाँवर्षकाे अवसरमा शुभकामना आदनप्रदानसहितकाे प्रतियाेगिता आयाेजना गर्दै आएकाे नेपाल व्यायम मन्दिरले बिजेताहरूलाइ मेडल तथा नगद पुरस्कार वितरण गर्ने गरेकाे छ । पुरूषतर्फ बिजेता सन्दिप केसीले १० हजार नगद पाए भने महिलातर्फ बिजेता पुजाराले ७ हजार नगर पाएका थिए ।

तपाइँ हामीले खाने मासुदेखि भात, तरकारीदेखि अचारसम्म विदेशबाट आयात हुन्छ

Previous article

कफिः नेपाली कृषिलाइ विदेशमासमेत हिराे बनाउन सक्ने बाली

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *