गणतन्त्र आएपछि पहिलाेपटक स्थानीय सरकारमा गएका अधिकांश जनप्रतिनिधि निकम्मा ठहरिएका छन् । उनीहरूले के गर्ने के नगर्ने भन्ने मेसाे नै नपाउँदै पाँचवर्ष बिताएका छन् । अपवादमा केही जनप्रतिनिधिले आफ्नै बलबुतामा विकासलाइ व्याख्या गर्न खाेजे पनि अधिकांश जनप्रतिनिधिले विकासकाे परिभाषासमेत बुझ्न सकेनन् ।गाउँगाउँमा सिंहदरबार भनेर सत्ताकाे विकेन्द्रिकरणमा शक्तिशाली बनाइएकाे स्थानीय तहलाइ अर्थ न बर्थका राजनीतिक कार्यकर्ताले कमिसनमा रमाउँदै बजेट भागवण्डामै ५ वर्ष बिताए । संबिधानमा जे साेचेकाे थियाे ठीक उल्टाे विकास केन्द्रित हुन सकेन स्थानीय तह । त्याेभन्दा खतरनाक कुरा निकम्मा बनेकाे स्थानीय तहका वर्तमान पात्रहरू नै अधिकांश आगामी कार्यकालका लागि जनप्रतिनिधिकाे उम्मेदवार बन्ने भएका छन् । विशेष गरी एमालेले देशभरी नै हालका जनप्रनिधिलाइ नै उम्मेदवार बनाउने तय गरेकाे छ ।
काठमाडाैँकाे बुढानिलकण्ठ नगरपालिकामा ०७४ काे चुनावमा एमालेले दुइतिहाइभन्दा बढि प्रतिशतले बिजय हासिल गरेकाे थियाे । यसरी एमाले बिजयी हुँदा पूर्व चपली गाविसका अध्यक्ष उद्धव खरेल मेयर बनेका थिए । कुसुकुमार कार्कीकाे उम्मेदवारी लगभग तय भैसक्दा पार्टीमा शक्तिशाली समूहले खरेललाइ मेयर पदमा टिकट दिएपछि मेयर बनेका खरेलले देशैभरमा सबैभन्दा कमजाेर काम गर्ने मेयरकाे लिस्टमा पर्दै ५ वर्ष बिताएका छन् । केन्द्र तथा प्रदेशबाट आएकाे बजेट एवम् आन्तिरकरूपमा उठेकाे राजस्वलाइ दामासाहीरूपमा वडामा छरेर निकम्मा मेयरकारूपमा आफूलाइ दर्ज गरेका खरेल फेरि मेयरकाे उम्मेदवार हुने तरखरमा छन् ।
खरेलमात्र हैनन् उनीसँगै एमालेबाट उठेर एमालेमै बसिरहेका सबै वडाध्यक्ष र अधिकांश वडा सदस्यहरू पनि उनीहरू नै चुनावमा जाने भएका छन् । जनप्रतिनिधि भएर ५ वर्षमा राजनीतिक कार्यकर्ताभन्दा बढि बनेर देखाउन नसकेकाहरू फेरि उम्मेदवार बन्न लाग्दा बुढानिलकण्ठकाे विकासकाे चाहना एवम् सपना भने सदाकाे लागि सकिने सम्भावना बढेकाे छ । कथम् कदाचित फेरि उद्धव खरेल तथा उनकाे पूरानाे टिमले चुनाव जितेकाे खण्डमा नगरमा बन्न नसक्ने गरी नास हुने निश्चित मानिन्छ ।
हाल उद्धव खरेल मेयर रहँदा असरल्ल भएका जनताका आकांक्षालाइ नेकपा एमालेले पहिचान गर्न नसक्नु आफैमा बिडम्बना मानिन्छ । याे पाँचवर्षमा यसाे गरेँ भनेर भन्न सम्म नसकिने खाका बाेकेर जनतामा जानु एमालेले जनतासँग गरेकाे मजाक ठहरिने छ । असरल्ल राजनीति तथा जनआकांक्षाकाे खडेरी फेरि चुट्किलाका भरमा बनेका विकासका खाकालाइ जनताले पत्याए भने जनता आफैले आत्महत्यामा गरेकाे हस्ताक्षरसिवाय केही हुनेवाला छैन ।
पाँचवर्षमा हालका जनप्रतिनिधिले दीर्घकालिन लक्ष्य लिएर कुनै याेजना मात्र नबनाएकाे हैन सतही रूपमा दामासाही बाँडेका विकास बजेट पनि ४० प्रतिशत पनि खर्च गरेकाे छैन । अझ गम्भीर विषय त उद्धव खरेलकाे पाँचवर्षमाे बेरूजुकाे ठूलाे महल बनेकाे छ । यी कुरालाइ नजरअन्दाज गरेर एमालेले फेरि यिनै जनप्रतिनिधिलाइ उम्मेदवार बनाएर जनताकाे भावनामाथि पनि खेलिरेहेकाे भनेर आराेप लाग्न थालेकाे छ । के एमालेमा उद्धव खरेलबाहेक अरु मान्छे छैनन् मेयर बन्नका लागि उपयुक्त ? पाँचवर्ष निकम्मा भएका नै फेरी उम्मेदवार बनाउनु पर्ने याे कस्ताे बाध्यता एमालेलाइ ? यसले कताकतै उम्मेदवार हुनसक्ने जति समाजवादी पार्टीमै गए भन्ने हल्लालाइ एकपटक सत्य सावित गरिरहेकाे छ ।
Comments