प्रकृतिसमसामयिक

सहरभरी पिँजडामा चराहरू बेचिदैँ, राेक्ने तथा नियमन गर्ने निकाय मुकदर्शक ?

0

मध्य काठमाडाैँ अर्थात नयाँसडक । नयाँसडककाे सडक पेटीमा पिँजडाभरी चरा बेचिँदै थियाे ।  भारतीय मूल वा नेपालकै मधेशी मुलका लाग्ने व्यक्ति ठूलाे पिँजडामा मुनियाँ र सुगा, मैनालगायतका चराहरू बाेकेर सडककाे पेटीमा माेलमाेलाइ गरिरहेका थिए । आजभाेलि काठमाडाैँकाे धेरै चाेकतिर यस्ता दृष्य देख्न पाइन्छ । हामीमध्ये धेरैलाइ थाहा नहुन सक्छ याे गैरकानुनी काम हाे । नेपालकाे कानुनले मात्र हैन अन्तराष्ट्रिय कानुनले पनि यसरी वन्यजन्तु चराचुराङ्गीलाइ बेचबिखन तथा पिँजडामा बन्द गर्न पाइँदैन । वन्यजन्तु ऐेनलगायतले पनि याे कुरालाइ निषेध गरेकाे छ ।

 

यसरी बेचिएकाे पाइएमा नेपाल प्रहरीलगायतका सराेकारवाला संस्थाहरूले याे विषयमा नियमन गर्ने व्यवस्था भए पनि मध्य काठमाडाैँ न्यूराेडकाे जुद्ध शालीक नजिक यसरी बेचिँदै थियाे । यसरी चरा बेचिँदै गरेकाे १० मिटर अगाडि प्रहरीहरू पनि टन्न देखिन्छन् । प्रहरीले यसरी चराहरू बेचिरहँदा पनि चासाे गरेकाे देखिदैन । यही बाटाेबाट धेरैजना याे क्षेत्रका चासाेवालाहरू पक्कै हिँड्छ्न् । उनीहरूले यसरी चरा बेचिँदै गरेकेा पनि देख्छन् तर उनीहरूलाइ पनि केही चासाे हुँदैन ।

 

त्यसैगरी  नेपालमा चरा संरक्षण नेपाल(BCN)लगायतका संस्थाहरू वार्षिक कराेडाैँ रूपैँयाकाे बजेट लगानी गरेकाे भनेर हिसाब देखाउँछन् तर यसरी सहरका कुनाकुनामा यसरी चराहरू बिक्री भैहरँदा भने खासै काम गरेकाे पाइँदैन । साथै स्थानीयवासी स्वयम् पनि याे विषयमा सचेत देखिदैन ।

 

नेपालका वा भारतका जहाँ बाट ल्याइए पनि यी चराहरू जंगलबाट समातेर वा छाेपेर ल्याइएकाे हाे । यस्ता वन्यजन्तुलाइ समातेर पिँजडामा हालेर ठाउँ ठाउँ मा बिक्री गरेर हिँडनु गैरकानुनी मात्र हैन चरम अमानवीय कृत्य पनि हाे । याे विषयमा समाजकाे सबै तहतप्का एकजुट भएर निस्तेज पार्न आवश्यक छ ।

  • सत्यम पाठक

 

 

बुढानिलकण्ठका दलहरूलाइ सूचना, संचार तथा पत्रकार हकहितका कुरा घाेषणापत्रमा राख्न १४ बुँदे सुझाव

Previous article

तपाइँ हामीले खाने मासुदेखि भात, तरकारीदेखि अचारसम्म विदेशबाट आयात हुन्छ

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *