प्रकृतिराष्ट्रिय

तिर्खा लाग्नुअघि नै पानी पिउनुपर्छ

0

सबैलाई थाहा छ कि पानी हाम्रो शरीरको लागि धेरै महत्त्वपूर्ण छ । हामी मध्ये धेरैले तिर्खा लाग्दा मात्रै पानी पिउने गर्छौं । तर, शरीरमा पानीको कमीले धेरै गम्भीर समस्या निम्त्याउन सक्छ । अर्कोतिर पर्याप्त पानी पिएमा धेरै समस्याबाट बच्न सकिन्छ ।

 

प्रख्यात चिकित्सा लेखक डा किथ स्ट्यामिना बढाउने र दैनिक दौडनुका साथै दुईवटा कुरामा विशेष ध्यान दिनुपर्ने बताउँछन् ।  ती कुराहरु नुन कम खाने र पानी धेरै पिउने रहेका छन् । डाक्टर किथले तिर्खा लाग्नुभन्दा पहिले हाम्रो शरीरलाई पानी चाहिने बताएका छन् । पानीको कमीले कोशिकाहरू ओइलाउँछन्

 

वेकफील्डएक्सप्रेसको रिपोर्टका अनुसार कुनै पनि बिरुवा जस्तै हाम्रो शरीरमा प्रभाव पर्छ । डाक्टर किथले भने, ‘तपाईलाई तिर्खा लाग्ने बेलासम्म तपाईको शरीरको कोशिकाहरू ओइलाउँछन् । त्यसैले तिर्खा लाग्नुअघि नै पानी पिउनुपर्छ ।’ युरोपियन हार्ट जर्नलमा प्रकाशित अध्ययनका अनुसार जीवनभर हाइड्रेटेड रहनु आवश्यक छ, अर्थात् शरीरमा पानीको कमी हुनु हुँदैन । यसो गर्नाले भविष्यमा हुने हृदयघातको समस्याबाट बच्न सकिन्छ ।

 

७० वर्षपछि बढ्छ समस्या हृदयघात हुनु भनेको हाम्रो मुटुले शरीरमा पर्याप्त रगत आपूर्ति गर्न नसक्नु हो । यस्तो अवस्थामा फोक्सोमा तरल पदार्थ जम्मा हुन्छ र सास फेर्न गाह्रो हुन्छ । खुट्टा सुन्निन्छ र व्यक्तिलाई थकान महसुस हुन्छ । धेरै मानिसमा ७० वर्षपछि यो समस्या देखिन्छ । जब हामी कम पानी पिउछौं, सीरम सोडियम को मात्रा बढ्छ ।

 

यस्तो अवस्थामा शरीरमा पानी जम्मा हुन थाल्छ र पछि हृदयघात हुन जान्छ । त्यसैले भविष्यमा मुटु रोग र हृदयघातबाट बच्न चाहनुहुन्छ भने पानी पिउनुहोस् र नुन कम खाने गर्नुहोस् ।

सामुदायिक वनमा फलफूल खेती

Previous article

साहित्यमा साैन्दर्य

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *