स्थानीय तह चुनावकाे दिन नजिकिँदै गर्दा दलगत सक्रियता बढिरहेकाे छ । पार्टीहरू आआफ्नाे शैलीमा चुनावी प्रचारमा लागेकाे छ । नेपाली काँग्रेसले घाेषणापत्र बनाउने कार्यसँगै प्रचारका कामहरूलाइ अगाडि बढाएकाे छ । बुढानिलकण्ठ नगरपालिकाका ५ वटा वडा काँग्रेसले सर्वसम्मत उम्मेदवार चयन गरेकाे छ । बाँकी वडाहरूबाट आकांक्षीहरूकाे लिस्ट क्षेत्रमा पठाएकाे छ ।
नगरपालिकाकाे वडा नं १, ४, १०, ११ र १३ वडामा काँग्रेसले सर्वसम्मत वडाध्यक्ष उम्मेदवार चयन गरेकाे छ । चयन भएका वडाध्यक्ष उम्मेदवारमा क्रमश उत्तम खड्का, श्रीराम केसी, डाेरप्रसाद आचार्य, राधेश्याम कार्की र भरत श्रेष्ठ रहेका छन् । बाँकी वडाहरूमा चाँडै उम्मेदवार डिक्लिएर हुने नगर सभापति राजाराम बुढाथाेकीलेब बताए । बुढाथाेकीले गठबन्धन गर्न पर्ने अबस्था आउन सक्ने भएकाले केही ढिलाे हुन पुगेकाे भन्दै केही दिनमा उम्मेदवारकाे सूचि तय हुने बताएका छन् ।
यसैबीच नेपाली काँग्रेस बुढानिलकण्ठ नगर कमिटिले बनाउने लागेकाे नगर घाेषणापत्रका लागि ३०० भन्दा धेरैले सुझाव सल्लाह दिएका छन् । सभापति बुढाथाेकीले दिएकाे जानकारी अनुसार एकहप्तामा इमेलमार्फत ३०० भन्दा धेरैले सुझाव तथा सल्लाह दिएका छन् । यस्ता सल्लाह एवम् सुझाव आउने क्रम जारी छ । आएका सुझावहरूलाइ अध्ययन गरी महत्वपूर्ण कुराहरू समेट्ने काम भैरहेकाे घाेषणापत्र मस्याैदा समितिका सदस्य तथा नगर सचिव बिजेन्द्र श्रेष्ठले बताए । घाेषणापत्र निर्माणकाे काम अन्तिम चरमा पुगेकाे जानकारी गराउँदै श्रेष्ठले बुढानिलकण्ठ नगरभित्रका यावत् विषय एवम् पक्ष अध्ययन गरेर कथानक नभै बस्तुगत विश्लेषण गरेर घाेषणापत्र बनिरहेकाे बताए । गठबन्धनकाे विषय टुंगाे नलागी घाेषणापत्र सार्वजनिक नगरिने श्रेष्ठले बताए ।
यसैबीच बुढानिलकण्ठ नगरमा नेपाली काँग्रेसकाे मेयर उम्मेदवारकाे लागि १३ जनाले आवेदन फारम भरेका छन् । यसरी दावा गर्नेहरूमा नगर सभापति राजाराम बुढाथाेकी, नगर सचिव बिजेन्द्र श्रेष्ठसहित क्षेत्र नं ५ सभापति श्याम खड्का, क्षेत्र नं ४ सचिव बद्रि भट्टराइ, गाेकर्ण केसी, विनाेद चालिसे, अच्युत पाैडेल, भाेला लामिछाने, आत्माराम पाैडेल, कृष्णकुमारी बस्नेत, मिना पराजुली, इन्द्र थापा, श्याम डाेटेललगायत छन् ।
Comments