राष्ट्रिय

पुरातत्व विभागले बसन्तपुर डबली क्षेत्रमा महानगरले बनएकाे कंक्रिट संरचना भत्काउन शुरू गर्याे

0

विश्व सम्पदा क्षेत्र बसन्तपुर डबलीमा काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत बनाएको कंक्रिट संरचना पुरातत्व विभागले भत्काउन सुरु गरेको छ । विभाग अन्तर्गत हनुमानढोका दरबार हेरचार अड्डाका कार्यालयबाट शुक्रबार भत्काउन सुरु गरेको हो । संरचना हटाउन करिब दुई हप्ता लाग्ने जनाएको छ ।

 

पुरातत्व विभागले महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी, अभियन्ता र स्थानीयहरूको उपस्थितिमा गत चैत्र १ गते संरचना रहेको नटबोल्ट काटेको थियो । झण्डा राख्न ३ फिट गहिरो ८ वटा कंक्रिटको आधार संरचनामा अनाधिकृत रूपमा महानगरले रातारात बनाएको थियो ।

 

विश्व सम्पदा क्षेत्रमा कुनै पनि नयाँ संरचना बनाउन नपाइने नियमका कारण कंक्रिट संरचना हटाएको अड्डाले जनाएको छ । अभियन्ता र स्थानीयले सम्पदाको संरक्षण गर्ने संस्था नै सम्पदा मास्न लागेको र जनताले तिरेको करको दुरुपयोग भन्दै क्षतिपूर्ति भराउन माग समेत गरेको छ ।

स्थानीय तहमा एक कार्यकाल पुरा गरेकालाइ पुनः दाेहाेर्याउनु हुँदैन

Previous article

मानिसभित्रका ६०० राेग निकाे पार्ने गुण हुन्छ वेसारमा

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *