जलवायुप्रकृतिसमसामयिक

काठमाडाैँलगायतका सहरी क्षेत्र जलवायुजन्य जोखिम र प्रभावको केन्द्रविन्दु

0

जलवायु परिवर्तनका कारण सघन बन्दै गएको हिटवेभ (तातो हावा), खँडेरी तथा बाढीका कारण वनस्पति तथा जीवजन्तुको सहन क्षमता अहिले नै कमजोर बनेको छ। विशेषगरी रुख प्रजातिका वनस्पति र समुद्री जीवहरु एकैचोटी ठूलो संख्यामा नासिएको भन्दै एक प्रतिवेदनले आउँदा दिनमा यो क्रम झन् बढ्न सक्ने उल्लेख छ।

जलवायु परिवर्तनसम्बन्धी अन्तरसकारी सरकारी संस्था (आइपिसिसी) ले सोमबार सार्वजनिक गरेको जलवायु परिवर्तन २०२२– प्रभाव, अनुकूलन र जोखिम (क्लाइमेट चेन्ज २०२२– इम्प्याक्ट्स, एडाप्टेशन एण्ड भल्नराबिलिटी) नामक प्रतिवेदनमा विश्वव्यापी रुपमा अनुकूलनका गतिविधि बढाउनुपर्ने उल्लेख गरिएको हो।

जलवायुजन्य मौसमी विपदहरु लगातार देखिन थालेको र त्यसबाट व्यवस्थापनका लागि कठिन हुने ‘क्यास्केडिङ’ (एकसाथ विभिन्न विपदका घटनाको संयुक्त प्रभाव) प्रभाव पर्न थालेको छ। यसले गर्दा विशेष गरी एसिया, अफ्रिका, मध्य तथा दक्षिण अमेरिका, साना टापु राष्ट्र र आर्टिक क्षेत्रका बासिन्दामा खाद्यान्न तथा पानीको व्यापक अभाव हुने देखिएको प्रतिवेदनमा जनाइएको छ।

 

प्रतिवेदनले जलवायु, जैविक विविधता र मानवबीचको अन्तरसम्बन्धलाई पुनः संगठित गरेको र प्रकृति, समाज र अर्थतन्त्रबीचको अन्तरक्रियालाई विगतको भन्दा स्पष्ट रुपमा स्थापित गरेको आइपिसिसीका अध्यक्ष लीले बताएका छन्। जलवायुजन्य जोखिम सम्बोधनका लागि तत्काल विगतभन्दा महत्वाकांक्षी प्रतिक्रियाको खाँचो रहेको प्रतिवेदनमा उल्लेख छ। लीले भनेका छन्, ‘अपुरो कदम वा प्रतिक्रियाले अब काम गर्दैन।’

 

परिवर्तन भइरहेको जलवायुमा अनुकूलनका लागि विभिन्न विकल्पहरु रहेको उल्लेख गर्दै वैज्ञानिकहरुले प्रकृतिसँग जलवायु जोखिम न्यूनीकरण गर्ने र सुधारिएको जीवनको सम्भावना बढाउने क्षमता रहेको बताएका छन्। तर त्यसका लागि जलवायु अनुकूलनका लागि पर्याप्त वित्त र राजनीतिक सहयोग चाहिने आइपिसिसी कार्यगत समूह दुईका उपाध्यक्ष हान्स–ओटो पोर्ट्नरले बताएका छन्।

 

जोखिम न्यूनीकरणका लागि व्यक्तिगत रुपमा सबै, सरकार, निजी क्षेत्र, नागरिक समाजले मिलेर काम गर्नुपर्ने सुझाव दिइएको छ। यसरी काम गर्दा जोखिम न्यूनीकरणसँगै लगानी तथा निर्णय प्रक्रियामा समता र न्यायको पाटो पनि ख्याल गरिनुपर्ने उल्लेख छ।

 

प्रतिवेदनमा विश्वको आधाभन्दा बढी जनसंख्याको बसोबास रहने सहरी क्षेत्रमा रहेको जोखिमलाई प्राथमिकताका साथ उल्लेख गरिएको छ। सहरी क्षेत्र जलवायुजन्य जोखिम र प्रभावको केन्द्रविन्दु रहेको भन्दै कमजोर व्यवस्थापन रहेका सहरलाई विशेष ध्यान दिइनु पर्ने प्रतिवेदनले सुझाव दिएको छ। अनुकूलनका लागि सहरी क्षेत्रका भवनहरुलाई हरित भवन बनाउन सकिने, स्वच्छ पानी तथा ऊर्जाको आपूर्ति गर्न सकिने तथा स्वच्छ ऊर्जामा आधारित यातायात व्यवस्थापन गर्न सकेमा सहर र गाउँबीचको सम्बन्ध सुमधुर बनाएर जलवायुजन्य जोखिमलाई पनि कम गर्न सकिने उल्लेख छ।

 

जलवायु परिवर्तन विश्वव्यापी चुनौती भए पनि यससँग जुध्नका लागि स्थानीय तहमा विकल्पहरुको खोजी गरिनुपर्ने वैज्ञानिकको भनाइ छ। सोहीअनुसार प्रतिवेदनमा क्षेत्रगत रुपमा जोखिम र अनुकूलनका लागि भएका प्रयासहरुको विश्लेषण गरी सम्भावित विकल्पहरु प्रस्तुत गरिएको छ।देशसञ्चार

सामाजिक सन्जाल, विवाहेत्तर सम्बन्ध र सम्बन्ध विच्छेदका अनिगिन्ति मुद्धा

Previous article

के स्थानीय तहमा दलहरूले आशालाग्दा अनुहारलाइ उम्मेदवार बनाउलान् ?

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *