सन्दर्भ बैशाख ३० गते हुने स्थानीय तह चुनावकै हाे, तर स्थान विशेषकाे कुरा गर्दा याे बुढानिकलण्ठ नगरपालिकाकाे कुरा हाे ।धेरै स्थानीय तहलाइ बस्तुगतरूपमा तुलना गर्दा जागरूक नगरपालिकाकाे उच्च अबस्थामा बुढानिलकण्ठलाइ लिन सकिन्छ । मुख्य कुरा यस नगरमा सामाजिक तथा राजनीतिक तहमा युवाहरूकाे आवाज एवम् सक्रियता धेरै नै सुन्न पाइन्छ । दलहरूका युवाहरूले केहि न केहि गतिबिधि गरिरहेकै भेटिन्छन् । झाेला बाेकेर हाेस् वा झाेला बाेक्नेहरूकाे विपक्षमा गएर हाेस् दुवै माेर्चामा युवाहरू तुलनात्मकरूमा सशक्त नै छन् ।
केही उदाहरण छन्, यस लेखमा उदाहरणका रूपमा उल्लेखित पात्रहरूकाे नामबाहेक पनि कतिपय नामहरू बुढानिलकण्ठमा आफूलाइ अब्बल सावित गर्न लागि परेका छन् । राजनीतिप्रति मानिस विस्मित भैरहेकाे बेला यसरी युवाहरूले आफूलाइ अगाडि ल्याउनु आफैमा सकारात्मक सन्देश पनि हाे । फरक यत्ति हाे, यी युवाहरू स्वयम् ले पनि आफूलाइ अब्बल सावित भने गर्न पाएका छैनन् । यसका लागि सबैभन्दा ठूलाे बाधक राजनीतिक दल नै भएकाे देखिन्छ ।
अहिले स्थानीय चुनावकाे माहाैल छ । चुनावी प्रचारप्रसारकाे याे माहाैलमा एउटा आवाज जताततै सुन्न पाइन्छ आजभाेलि । त्याे आवाज हाे, सुमित खरेलकाे । एमाले राजनीतिलाइ खुलमखुल्ला चुनाैति दिएर सुमितले मेयरमा उम्मेदवारी मात्र दिएका छैनन् युवा मनस्थितिमा एउटा सन्देश पनि दिइरहेका छन् । सुमितले जित्न त नजित्लान् तर उनी मार्फत एउटा चुनावी जागरण भने आएकाे छ । दलहरूलाइ एकखाले चुनाैति भएकाे छ ।
सुमितभन्दा अघि नेपाली काँग्रेसकाे १४ औँ महाधिवेशनमा केही युवा पात्रहरूले दलमै आफूलाइ स्थापित गरेका छन् । नेपाली काँग्रेसकाे बुढानिलकण्ठ नगर अधिवेशनमा नगर सचिवका रूपमा स्थापित भएका बिजेन्द्र श्रेष्ठ र बिजेन्द्र पुडासैनीबाट नेपाली काँग्रेसले युवा आवाज एवम् युवा जाेश प्राप्त गरेकाे छ । यी दुवै बिजेन्द्रलाइ नेताहरूले टपक्क टिपेर नभै उनीहरूले आफूलाइ अब्बल सावित गरेर पार्टीमा पाेजिसन प्राप्त गरेका हुन् । बिजेन्द्र पुडासैनीलाइ आउँदाे स्थानीय चुनावमा वडा नं ५ काे भावी वडाध्यक्षकाेरूपमा पनि हेरिएकाे छ । बिजेन्द्र श्रेष्ठ नेपाली काँग्रेसकाे नगर घाेषणापत्र निर्माणमा जुटिरहेका छन् ।
याेसँगै केही महिना अघि भएकाे काँग्रेस क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय सचिव भएका बद्रि भट्टराइलाइ काठमाडाैँ क्षेत्र नं ४ मा भविष्य भएकाे आशालाग्दाे नेताकाे रूपमा हेरिने गरिन्छ । क्षेत्रीय सचिव बन्नका लागि भट्टराइले पार्टीभित्र एकखाले चुनाैति एवम् विद्राेह गरेका थिए । उनकाे विद्राेह यति प्रभावकारी बन्न पुग्याे कि सबै पक्ष उनलाइ नै सघाउन बाध्य भएका थिए । शुरूमा गगन थापा तथा राजु श्रेष्ठ दुवैकाे प्यानलमा नपरेका बद्रि भट्टराइले स्वतन्त्ररूपमा सचिव उठेर शानदार विजय प्राप्त गरेका थिए । स्थानीय तह निर्वाचनमा धेरैले भट्टराइ जत्तिकाे युवा काँग्रेसले अघि सार्नु पर्ने भन्दै आएमा पनि छन् । भट्टराइले पनि मेयर पदमा आफू याेग्य भएकाे भनेर बिभिन्न मञ्चमा भन्दै आएका छन् । भट्टराइलाइ आगामी प्रदेशसभा निर्वाचनमा क्षेत्र नं ४ प्रदेश ख बाट प्रत्यक्षमा चुनाव लडाउने भनेर पनि चर्चा छ ।
त्यसैगरी बुढानिलकण्ठमा केही उम्दा मान्न सकिने युवाहरू राजनीतिमा भविष्य खाेजिरहेकाे देखिन्छ । त्यसमा हाल बुढानिलकण्ठ १० का वडाध्यक्ष नवराज भट्टराइ पनि एक हुन् । ०७४ काे स्थानीय चुनावमै उनलाइ बुढानिलकण्ठकाे नेक्स्ट मेयर भनिएकाे थियाे । के एमालेले भट्टराइलाइ मेयरकाे उम्मेदवार बनाउला ? याे प्रश्नकाे उत्तर भने सहज छैन । भट्टराइले आफूलाइ मेयरकाे दावेदारकाे रूपमा उभ्याएकाे भनेर एक अन्तर्वार्ता भनेर सार्वजनिक भएकाे छ ।
त्यसैगरी माओवादी केन्द्रका नगर अध्यक्ष भाइनाराण श्रेष्ठ पनि रूचाइएका युवा नेता हुन् । वडा नं १० मा रहेर सामाजिक सेवामा सक्रिय रहेका माकेका युवा नेता विवेक अधिकारीलाइ भविष्य भएकाे युवा मान्न सकिन्छ । अधिकारीलाइ बैशाख ३० गते हुने स्थानीय तहका निर्वाचनका लागि पार्टीले वडा सदस्यकाे उम्मेदवार पनि बनाएकाे छ ।
नेपाली काँग्रेसबाट राजनीति गरिरहेका वडा नं ८ का सभापति राजाराम थापा, क्षेत्र नं ४ प्रदेश ख सहसचिवहरू प्रमाेद अधिकारी र मदनदास श्रेष्ठ पनि आफ्नाे पार्टीका लागि केही गरेर देखाउन सक्ने पात्रका रूपमा लिइने गरिन्छ ।
यी त उदाहरणमात्र हुन् यीबाहेक अन्य दर्जनाैँ पात्रहरू राजनीतिमा केहि गरेर देखाउने आकाँक्षा तथा आँट बाेकेर बसेका छन् । यिनीहरूका आकाँक्षा एवम् आँटमा पार्टी सहायक हुने कि बाधक हुने भन्ने कुरा मुख्य कुरा हाे । पार्टीले आमरूपमा युवाहरूलाइ साथ दिइरहेकाे देखिदैन । पुराना तथा पाकाहरूकै बाेलवाला हुने गरेकाे छ । ती पाकाहरू जाे उमेरका कारणमात्र हैन सिर्जनशिलताका कारण पनि भुत्ते भैसकेका छन् तिनीहरूलाइ नै चुनावमा हाेम्दा उनीहरूबाट के प्राप्ति हुन्छ भन्ने कुरा वर्तमान नगरपालिका र त्यहाँकाे जनप्रतिनिधिलाइ नजिकबाट नियाल्याे भने थाहा हुन्छ ।
दलहरूले युवाहरुकाे आकाँंक्षालाइ सम्बाेधन नगर्ने हाे भने हरेक दलले कहिँ कतै अबका दिनमा सुमित खरेल झैँ विद्राेही भेट्न सक्नेछन् । जुन दलहरुका लागि भने कहिँकतै राम्राे संकेत हैन । युवाहरूले आफूलाइ युवाहरूले आफूलाइ अब्बल सावित गर्न सामाजिक र राजनीतिक गतिबिधिमा जति सक्याे धेरै आफूलाइ सक्रिय गराउनु त छँदैछ उत्तिकै पार्टीभित्रका विसंगतिबिरूद्ध पनि आवाज उठाउनु पर्नेछ । दासझैँ देखिने युवा नेता हुनु वा बृद्ध नेता हुनुमा उमेरकाे फरकमात्र हाे । युवाहरू पार्टीकाे दास मात्र नबन्ने क्रम उपक्रम यही स्थानीय चुनावबाट देखिन सक्याे भने विसंगतिपूर्ण नेपाली राजनीतिका नेतृत्वले पनि सच्चिन बाध्य हुने थिए ।
Comments