प्रकृतिफोटो ग्यालरीसमसामयिक

उपत्यकाका ढुङ्गेधाराहरूकाे बेहाल अबस्था(फाेटाे फिचर)

0

मल्यकालीन सभ्यताको प्रतीक मानिने ढुङ्गेधारा र काठमाडौँ उपत्यका पर्याय मानिन्थ्यो । केही वर्ष अघिसम्म पानी बगिरहेका ढुङ्गेधारा भएको स्थानमा कतै गगनचुम्बी भवन बनिसकेका छन् त कतै फोहर फाल्ने स्थानमा परिणत भएका छन् ।

काठमाडौँ क्षेत्रका एक दुई स्थानका बाहेक ढुङ्गेधारा हराइसकेका छन् । भक्तपुरमा संरक्षणको अभियान थालिएको छ । यता पाटनमा रहेका ढुङ्गेधाराहरू संरक्षणको अभावमा फोहर फाल्ने अवस्थामा पुगेका छन् ।ललितपुरको दक्षिण टीकाभैरवबाट ल्याइएको राजकुलो चक्रपथ निर्माणको क्रममा पाटनतर्फ जान बन्द भएपछि स्थानीय पोखरीहरू सुक्दै जाँदा यी ढुङ्गेधाराहरू सुक्न थालेका छन् ।

बढ्दो शहरीकरणका कारण घर लगायतका संरचनाहरू बन्दै जाँदा पानी बग्ने र जमिन मुनि जाने प्राकृतिक बाटो बन्द हुँदा ढुङ्गेधारा सुकेको स्थानीय बताउँछन् । वर्षायाममा मात्रै पानी झर्ने यी ढुङ्गेधाराहरू पानी बग्ने ठाउँ नपाउँदा पनि कुरुप बन्दै गएका छन् ।काेशी अनलाइन

म्यादी प्रहरीमा लिखित परीक्षा दिनेकाे भीड !

Previous article

सामाजिक सन्जाल, विवाहेत्तर सम्बन्ध र सम्बन्ध विच्छेदका अनिगिन्ति मुद्धा

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *