स्थानीय निर्वाचनलक्षित म्यादी प्रहरीका लागि शनिबार विराटनगरको सहिद रङ्गशालामा लिखित परीक्षा सञ्चालन भइरहेको छ । म्यादी प्रहरीका लागि मोरङमा १० हजार एक सय ३४ जनाको आवेदन परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए । उनका अनुसार आवेदन दिनेमा सात हजार आठ सय एक जना पुरुष र दुई हजार तीन सय ३३ जना महिला रहेका छन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालका अनुसार शनिबार भएको परीक्षामा ६ हजार तीन सय ७१ जना सहभागी भएका थिए । म्यादी प्रहरीका लागि लोकेसेवा आयोगमार्फत प्रश्न मगाएर परीक्षा लिइएको हो । दाहालका अनुसार एक सय पूर्णाङ्कको लिखित परीक्षा लिइएको छ । २० अङ्कको मौखिक परीक्षा पनि लिइने उनले बताए । मोरङमा तीन हजार सात सय २७ जना म्यादी प्रहरीको माग छ । मागभन्दा तीन गुणाभन्दा आवेदन परेको डिएसपी श्रेष्ठले बताए ।
Comments