विकास

जनकपुर–जयनगर रेल सेवा सुरु

0

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले जनकपुर–जयनगर रेल सेवा हरियो झन्डा देखाएर उद्घाटन गरेपछि जनकपुर–जयनगर रेल सेवा सुरु भएको छ ।

 

नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट शनिबार देउवा र मोदीले संयुक्त रूपमा हरियो झन्डा देखाएपछि जनकपुर–जयनगर रेल सेवा सुरु भएको हो । जयनगरबाट कुर्थाका लागि नेपाली रेल गुडेको छ । भारतको ठूलो जक्सन जयनगरदेखि नेपालको पूर्वपश्चिम राजमार्गको बर्दिवासमा जोडिएको ब्रोडगेज रेल्वेअन्तर्गत उद्घाटनपछि रेलले हाल जयनगरदेखि कुर्थासम्म रेल सेवा सुचारु हुने छ । उद्घाटनअघि रेललाई फूलले दुलहीझैं सिँगारिएको थियो ।

 

जयनगरबाट कुर्था हिँडेको रेल घुमेर जनकपुरधाम स्टेसनमा आएपछि यहाँ औपचारिक उद्घाटन कार्यक्रम हुने छ । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव र मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसहितले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

कार्यक्रमस्थलमा रेल सेवा सुचारु भएको हर्नेको भीड लागेको छ । रेलका लागि अनलाइन प्रविधिबाट टिकट उपलब्ध गराउने व्यवस्था गरिएको छ । रेलमा यात्रा गर्ने यात्रुको टिकट अनलाइनबाटै जाँच गर्ने उपकरण टिटीलाई उपलब्ध गराइएको छ ।

 

आइतबारदेखि रेल बिहान र दिउँसो दुई पटक यात्रु लिएर जयनगर–कुर्था खण्डमा रेल चल्ने छ । रेलमा सिटमा बसेर र उभिएर यात्रा गर्ने व्यवस्था पनि मिलाइएको रेलवे कम्पनीले जनाएको छ । जनकपुर–जयनगर ७० र कुर्था–जयनगर ९० रुपैयाँ भाडा कायम गरेको छ । एसी सिटका लागि भने जनकपुर–जयनगर तीन सय ५० र कुर्था–जयनगर चार सय ५० रुपैयाँ भाडा कायम गरिएको जनाइएको छ ।

 

रेल चलाउनका लागि २६ जना भारतीय प्राविधिक कर्मचारी आइसकेका छन् भने अन्य नेपाली कर्मचारी समेत राखिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले जानकारी दिए ।

पेट्राेलियम पदार्थमा बेथिति ! कतै लामाे लामाे लाइन, कतै पेट्राेलपम्प बन्द

Previous article

म्यादी प्रहरीमा लिखित परीक्षा दिनेकाे भीड !

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *