राष्ट्रियसमसामयिक

पेट्राेलियम पदार्थमा बेथिति ! कतै लामाे लामाे लाइन, कतै पेट्राेलपम्प बन्द

0

पेट्रोलियम पदार्थ उपलब्धतामा चरम बेथिति देखिएकाे छ । पेट्राेलकाे भाउ बढ्न हल्लाका कारण मूल्य नबढ्दै शनिबार बिहानैदेखि काठमाडौं उपत्यकाका पेट्रोल पम्पमा लाइन लागेको छ। धेरै पेट्राेल पम्प बन्द भएका छन् भने कतिपय पम्पमा ठूलाे लाइन देखिएकाे छ ।
भारतबाट १८ चैतमा आएको नयाँ मूल्यसूची केही थपघट देखिएको छ। नेपाल आयल निगमका अनुसार नयाँ मूल्यसूचीमा प्रतिलिटर डिजेलमा २ पैसा, मट्टीतेलमा २२ रुपैयाँ १९ पैसा र हवाइ इन्धनमा ४ रुपैयाँ र ग्यासमा प्रति सिलिन्डर २७३ रुपैयाँ ३८ पैसा बढेर आएको छ। पेट्रोलमा भने १ रुपैयाँ ४८ पैसा घटेर आएको छ। निगमले भने अझै मूल्यमा थपघट गरेको छैन।
तर, पेट्रोलिमय पदार्थको ढुवानी रोकिएको छ। निगमले कमिसन कटौती गरेपछि व्यवसायीहरूले शुक्रबार रातिदेखि ढुवानी बन्द गरेका छन्। जसले गर्दा शनिबार बिहानैदेखि पेट्रोल पम्पमा लाइन लागेको हो।

बुढानिलकण्ठमा कपनकाे मेयर !

Previous article

जनकपुर–जयनगर रेल सेवा सुरु

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *