बुढानिलकण्ठ नगरपालिकामा कपनकाे महत्वपूर्ण भूमिका छ । कपनकाे ठूलाे जनसंख्या तथा कपनकाे ठूलाे मानव बस्तीले बुढानिलकण्ठकाे आम्दानीलाइ ठूलाे भरथेग गर्ने गरेकाे छ । ६ वटा गाउँ मिलेर बनेकाे बुढानिलकण्ठकाे आधा जनसंख्या तथा मतदाता कपनमै बस्छन् । कपनकाे मतदाताका आधारमा चुनावकाे हारजीतकाे हिसाब गरिन थालेकाे धेेरै भयाे । जनसंख्या तथा मतदाता धेरै भए पनि ०७४ काे स्थानीय तह चुनावमा कुनै पनि पार्टीले मेयर पदमा कपनवासीलाइ ल्याउन सकेन । केही नामहरू चर्चामा रहे पनि उनीहरू अन्तिमसम्म कुनै पनि पार्टीकाे लिस्टमा पर्न सकेनन् ।
खाेलावारी र खाेलापारीकाे नाममा नगरपालिकामा कपनकाे हैसियत साेचेजस्ताे नभएकाे मानिन्छ । माइग्रेट पपुलेसन धेरै भएकाे कपनअन्तर्गत बुढानिलकण्ठकाे ३ वटा वडाहरू वडा नं १०,११ र १२ पर्दछ । अव्यवस्थित बस्ती विकासकाे मारमा कुरूपझैँ बनिरहेकाे कपनकाे सहरी विकासका बारेमा हालका मेयरले ध्यान नदिएकाे भनिने गरिएकाे छ । कपनमा हरेक वर्ष डुबानकाे समस्या पर्ने भए पनि विगत पाँच वर्षमा नगरपालिकाले याे विषयलाइ दीर्घकालीन समस्या समाधानकाे काेणबाट हेर्न चाहेकाे देखिदैन ।
कपनले ०७९ बैशाख ३० गते हुने स्थानीय चुनावमा भने मेयर पदकाे लागि सशक्त दावी गरेकाे छ । तीनवटै ठूलाे पार्टीका सम्भावनायूक्त नामहरू यतिखेर चर्चा परिचर्चामा छ । यसरी चर्चामा रहेकामा काँग्रेसका नगर सभापति राजाराम बुढाथाेकी र महाधिवेशन प्रतिनिधि विनाेद चालिसे अग्रस्थानमा रहेका छन् । त्यसैगरी एमालेका तर्फबाट पूर्व गाविस अध्यक्ष मिठाराम अधिकारी र वडा नं १० का वडाध्यक्ष नवराज भट्टराइकाे दावी अग्रस्थानमा रहेकाे छ । त्यसैगरी नेकपा समाजवादीबाट क्षेत्रीय अध्यक्ष ध्रुवराज न्याैपानेकाे नाम चर्चामा छ ।
यसरी दावी गरिएकामध्ये काँग्रेसले बुढाथाेकी र चालिसेमध्ये एकलाइ मेयर उठाउने लगभग तय भएकाे मानिएकाे छ । राजनीतिक हलचल तथा समिकरणले कुनै नयाँ माेड नलिए यी दुइमध्ये एकले टिकट पाउने निश्चित भएकाे बताइन्छ । बुढाथाेकी र चालिसेबाहेक वडा नं ७ का गाेकर्ण केसीकाे पनि मेयर पदमा चर्चा चलिरहेकाे छ ।
एमालेबाट दावी गरिरहेका वडाध्यक्ष नवराज भट्टराइलाइ हेविवेट मानिए पनि उनी हालका मेयर उद्धव खरेल सामु युद्ध छेड्न सक्दैनन् कि भन्ने आशंका रहेकाे मानिन्छ । त्यसैगरी पूर्व गाविस अध्यक्ष मिठाराम अधिकारी लाेकप्रिय भए पनि उनलाइ प्रदेश सांसद दिने भनेर फेरि एकपटक फस्ल्याङफुस्लुङ पारिने सम्भावना रहेकाे बताइन्छ । त्यसैगरी हाल उपमेयर हरेकी रमादेवी राइले पनि आफू मेयर पदमा आउन आकाँक्षा राखेकाे बताइन्छ ।
समाजवादी पार्टीका क्षेत्रीय अध्यक्ष रहेकाे ध्रुवराज न्याैपाने पनि कपनमा लाेकप्रिय युवानेताकाे रूपमा परिचित छन् । समाजवादीले न्याैपानेलाइ मेयर पदमा उठाउने लगभग तय गरेकाे बताइएकाे भए पनि गठबन्धनका कारण न्याैपानेकाे संभावना तलमाथि भने पर्न सक्छ । त्यसैगरी माओवादी केन्द्रका तर्फबाट पनि कपनबाट मेयर पदकाे दावी हुने सम्भावना रहेकाे बताइन्छ । तर मेयरकाे दावी गरेर कसैले आफूलाइ चर्चामा भने ल्याएकाे पाइँदैन ।
जीतहारकाे विषयलाइ बैशाख ३० गते लााइ छाडेर कुरा गर्ने हाे भने यसपटक जनसंख्या एवम् मतदाताकाे हिसाबले ठूलाे घनत्व बाेकेकाे कपनले मेयर पदकाे उम्मेदवारहरू पाउने लगभग तय देखिन्छ । काँग्रेस एवम् एमालेबाट आकाँक्षा गरेकाहरूले नै उम्मेदवारी पाए भने जीतकाे सुनिश्चितता पनि देख्न सकिन्छ । तथापि उम्मेदवारकाे पार्टी एवम् उम्मेदवारकाे एजेन्डा एवम् साेचकाे पनि भूमिका भने रहन्छ ।
Comments