गरिव अभिभावकका विद्यार्थीहरूलाइ शिक्षा दिँदै आएकाे डि. आर. मेमाेरियल स्कूलकाे सहयाेगार्थ श्रीमद्भागवत् महापुराण आयाेजना गरिएकाे छ । बुढानिलकण्ठ वडा नं ८ स्थित भङ्गाल सुन्दरबस्तीमा रहेकाे डि आर मेमाेरियल स्कूलकाे आर्थिक अबस्था सुदृढ बनाउनका लागि आयाेजित महापुराण सफल बनाउन समाजका सबै तहतप्का सक्रिय रहेकाे आयाेजक समिति संयाेजक लक्ष्मी कार्की सिटाैलाले बताइन् ।
चैत १३ देखि १९ सम्म आयाेजना हुने महापुराणकाे उद्घाटन नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले गरेका थिए । प्रशिद्ध पुराणवाचक दीनबन्धु पाेखरेलद्वारा वाचन भैरहेकाे सङ्गीतमय महापुराणअन्तर्गत श्रीमद्भागवतकाे पाठ पारायण तथा देवी भागवत पुराणकाे कथा वाचन भैरहेकाे छ । महापुराणमा सहभागिताका लागि बिहान ४ देखि अपरान्ह ४ बजेसम्म आउन सकिने संयाेजक सिटाैलाले बताइन् । पवित्र शैक्षिक क्षेत्रकाे विकासका लागि आयाेजना गरिएकाे महापुराणमा सहयाेगि भावले सहभागि भैदिन सिटाैलाले सबैलाइ आग्रह गरिन् ।
Comments