राजनीतिस्थानीय

एक विद्राेही, जाे चेतना र आकांक्षामा सल्बलाउँदैछ

0

बुढानिलकण्ठतिर गुणवान युवा अनुहारहरू खाेजी गर्याे भने जाे काेहीले भेट्ने एक नाम हाे सुमित खरेल । सुमित खरेलकाे नाम आउने बित्तिकै एक भद्रझैँ लाग्ने र मिठाे बाेल्ने गुण भएकाे व्यक्ति भनेर मानसपटलमा चित्र बन्छ । यही पात्र दृष्यमै देखियाे भने पनि माथिकै स्वभावमा प्रस्तुत हुन्छ । ४ वर्ष लगातार बुढानिलकण्ठ नगरपालिकामा बसेर काम गरेका भएर धेरैलाइ सुमित खरेलले आफ्नाे परिचय दिएका छन् । याे परिचयभित्र मुख्यतः केही क्षमताका कुरा अनि केही दक्षताका कुरा मुखरित हुन्छ । भलै, नगरपालिकामा सुमितले उद्धव खरेलजस्ताे सर्वज्ञानी हुँ भन्ने भ्रमपूर्ण चरित्रकाे अन्डरमा काम गरे ।  तथापि आफ्नाे परिचय एवम् प्रभाव छाड्न उद्धव खरेलकाे सर्वज्ञानी छविले सुमितलाइ धेरै हदसम्म असर गरेन ।

 

सेवाप्रवाहमा हाेस् वा सुशासनका विविध गतिबिधिमा सुमितले मेयर खरेललाइ धेरै जान्ने बुझ्ने बनाउने प्रयास गरे हामी सजिलै अनुमान गर्न सक्छाैँ । तथापि त्याे प्रयास मेयरले बुझ्न सकेनन् । बुझाउने खाेज्ने र बुझ्न नचाहनेबीचकाे द्वन्द्व हाम्राे समाजकाे स्थायी समस्या नै हाे । बुढानिलकण्ठ  नगरपालिकामा काम गर्दा सुमितले संभवतः नगरपालिका कसरी चलाउनु पर्ने रहेछ वा नगरपालिका चलाउने भनेकाे के हाे भन्ने बुझ्ने माैका पाए ।  नगरपालिकामा बसेर काम गर्ने  आफूले पाएकाे माैकालाइ सुमितले अध्ययनमूलक चासाेकाे साथ लिएकाे देखिन्छ ।

 

मेयरकाे सहयाेगि बनेर काम गरिरहँदा सुमितले केही लेखरचना पनि प्रकाशित गरेका छन् जुन बुढानिलकण्ठकाे विकासमा कामलाग्ने विषय थियाे ।सुमितकै साेचबाट विकास भएकाे युवानिलकण्ठ नामकाे युवा लक्षित कार्यक्रम नै उद्धव खरेलकाे पाँचवर्षे कार्यकालकाे सबैभन्दा उम्दा काम हुनपुग्याे । तथापि मेयर खरेलले याे कार्यक्रमकाे क्रेडिट सुमित खरेललाइ गयाे भनेर त्यसलाइ निरन्तरता दिन चाहेनन् । बुढानिलकण्ठकाे पर्याय युवानिलकण्ठ बनेकाे सत्य उद्धव खरेलले नबुझे पनि बाँकी सबैले आत्मसात गरेका छन् ।

 

केही नयाँ गर्ने हुटहुटीकाे पर्यायझैँ लाग्ने सुमितले ४ वर्ष लगातार नगरपालिकामा काम गरेपछि गत असारतिर एकाएक नगरपालिकाबाट बाहिरिए । उनकाे याे बहिर्गमनलाइ धेरैले धेरै काेणबाट व्याख्या गरे । राम्रा नराम्रा सबै काेणहरूबाट सुमितलाइ व्याख्या गरियाे । जति नै नराम्राे व्याख्या गरिए पनि सुमितमा केही गर्ने सक्ने र भविष्य भएकाे नेता बन्ने गुण  रहेकाे विषयचाहिँ सबैलाइ लागेझै देखिन्थ्याे । मेयरदेखि हरेक  मान्छे बुढानिलकण्ठ नगरपालिकामा जान्ने हुँ भन्न वा देखाउन पुगे तर सुमित जान्न वा बुझ्न पुगेका थिए  ।

 

अब ४ वर्ष नगरपालिकामा काम गरेर बहिर्गमनसँगै अब सुमितले के गर्ला ? भनेर धेरैलाइ लागेकाे थियाे । कतिलाइ राजनीतिमा सक्रिय भएर आउन लागेकाे भन्ने थियाे । एमालेकाे नगर अधिवेशनताका उसले सक्रिय पनि बनाएकाे थियाे । तर नेपालमा मुख्य पार्टीहरूमा क्षमता र दक्षता भएका मानिसलाइ माथि लैजाने परिपाटी थिएन सुमितले खासै स्थान पाएनन् । तर नगर अधिवेशन एमालेकाे राजनीतिमा भएका वा गरिएकाे केही अगतिलाे पक्षकाे सुमितले सार्वजनिक बिराेध गरे । केपि ओलीेकेा पार्टीमा यसाे गर्नु क्षम्य विषय पनि थिएन । शिक्षकलाइ पार्टी राजनीतिमा काे पाेजिसनमा राख्न नहुने भन्दै सुमितले गरेकाे अवज्ञालाइ धेरैले प्रशंसा गरे ।

 

पुष लागेसँगै सुमितले आफू स्थानीय चुनावमा उठ्ने विषय अघाेषितरूपमा भनेकाे गाइँगुइँ सुनिन थाल्याे । कतिले वडा नं २ काे वडाध्यक्षमा हाेला भनेर लख काटे । तर सुमित बुढानिलकण्ठ नगरपालिकाकाे मेयर पदका लागि आफू उठ्न लागेकाे बताउँदा प्रतिक्रियाहरू धेरै आए । कतिले सुमितकाे याे आकांक्षालाइ बार्गेनिङ भनेर पनि व्याख्या गरे । बिभिन्न व्याख्यालाइ सुमितले खासै महत्व दिएनन् । नदेखिने(?) खालकाे तयारीसँगै फागुन ७ गते सुमितले औपचारिकरूपमा ०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा बुढानिलकण्ठ नगरपालिकाकाे मेयरका रुपमा आफु उठ्ने घाेषणा गरे ।

 

अब बल्ल मानिसमा सुमितकाे आँट एवम् तत्परताकाे ज्ञान भयाे । युवाबीच काम गरिरहेका कारण उनलाइ सघाउनेहरू युवाहरुकाे ठूलै जमात थियाे तथा छ । वर्तमान नगरपालिकाका जनप्रतिनिधि तथा अब आउन सक्ने जनप्रतिनिधिहरूकाे काल्पनिक अनुहार सम्झेउ उदाश बनेकाहरूलाइ सुमित एक आशाकाे दीप बनेर आएका थिए । विशेषगरी युवाहरू जाे परिवर्तन चाहन्छन्, उनिहरूले सुमितमा एक विद्राेही रूप देखे । त्यस्ताे विद्राेही जाे चेतना र आकांक्षामा सल्बलाउँछ । याे युगकाे विद्राेही, जसले मानिसमा सकारात्मक साेचकाे दिलाउन सक्छ । एक विद्राेही, जाे भद्र एवम् साैम्य छ तर आफ्नाे लक्ष्यमा दृढ छ ।

 

एमाले राजनीतिबाट एकाएक माेडिएर सुमितले गरेकाे विद्राेह हाम्राे समाजकाे एउटा दृष्टान्त बन्न सक्छ । यसले धेरै युवा पुस्तालाइ यथास्थितिबाट  माथि उक्लेर केही नयाँ गराउने विश्वास दिलाउँछ । मानिसलाइ याे देशमा अब केही हुँदैन भन्ने अमिट छाप परिसकेकाे अबस्थामा मधुराे नै सही कहिँकतै केही हाेला कि भन्ने आशा दिलाउँछ ।

 – केशव पाठक

मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको व्यापक चाप

Previous article

बुढानिलकण्ठ भंगालस्थित डि.आर. मेमाेरियल स्कूलकाे सहयाेगार्थ महापुराण हुँदै

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *