राजनीतिस्थानीय

एमालेबाट बुढानिलकण्ठ मेयरमा भट्टराइ, अधिकारी तथा खड्काकाे चर्चा

0

स्थानीय तह चुनावकाे मिति नजिकिएसँगै आकांक्षीहरूकाे चर्चा परिचर्चा पनि बढ्न थालेकाे छ । काठमाडाैँकाे बुढानिलकण्ठ नगरपालिकाकाे मेयर पदका लागि एमाले तथा काँग्रेसबीच हुने प्रतिष्पर्धाका लागि दुवै पार्टीमा आकांक्षीहरूकाे सक्रियता बढ्न थालेकाे छ ।

 

बुढानिलकण्ठ नगरपालिकामा हाल एमालेकाे बहुमतकाे स्थानीय सरकार रहेकाे छ । बहुमतकाे स्थानीय सरकार भएर पनि प्रभावशाली  काम नगरेकेा भनेर वर्तमान मेयर उद्धव खरेलकाे व्यापक आलाेचना भैरहेकाे छ । खरेलकाे आलाेचनासँगै साे पार्टीबाट मेयर पदका लागि केही नामहरू चर्चामा आएका छन् । वडा नं १० का युवा वडाध्यक्ष नवराज भट्टराइले एक भिडियाे अन्तर्वार्तामा आफू मेयर पदका लागि तयार रहेकाे बताएसँगै एमालेले उद्धव खरेलकाे विकल्प खाेज्ने अनुमान शुरू भएकाे छ  ।

 

वडाध्यक्ष भट्टराइ ०७४ काे चुनावमै अर्काे कार्यकालका लागि मेयर पदकाे प्रत्यासी भनेर चर्चा भएका पात्र हुन् । वडाध्यक्षका रूपमा बाँकी वडाध्यक्षकाे तुलनामा प्रभावशाली मानिएका नवराज भट्टराइ हाल नगर प्रवक्ता पनि हुन् । भट्टराइले मेयर पदका लागि दावी गर्लान् नगर्लान् भन्ने द्वुविधाकाबीच साे अन्तर्वार्ता उनी आफैले सामाजिक सन्जालमा सेयर गरेपछि एमालेकाे राजनीतिकाे माहाैल तातेकाे छ । बुढानिलकण्ठमा जनसंख्याकाे आधारमा सर्वाधिक ठूलाे वडाकाे वडाध्यक्षले मेयरमा दावी गरेसँगै बाँकी केही नियमित दावी गर्ने पूराना नेताहरूकाे नाम पनि चर्चामा आएकाे छ ।

गत स्थानीय चुनावमा पनि चर्चामा रहेका मिठाराम अधिकारी तथा विदुरविक्रम खड्काले पनि एमालेबाट बुढानिलकण्ठ मेयरका लागि दावी गर्ने निश्चित छ । पूर्व गाविस अध्यक्षसमेत रहेका मिठाराम अधिकारी एमाले वाग्मती कमिटी सदस्य हुन् । उनी सर्वाधिक जनसंख्या भएकाे कपनकाे लाेकप्रिय नेताकाे रूपमा पनि परिचित छन् । निर्णय क्षमताका कारण बेलाबखत चर्चामा रहने अधिकारीले टिकट पाए भने विजय हुने निश्चित रहेकाे भनेर पनि एकथरीले चर्चा गरिरहेका छन् ।

त्यसैगरी मेयर पदका लागि अप्रत्यक्ष दावी गरिरहेका अर्का नेता हुन् विदुरविक्रम खड्का । एमाले काठमाडाैँ जिल्ला सचिवालय सदस्य खड्का लाभकाे पद नपाएकाे नेताका रूपमा परिचित छन् । सामाजिक सन्जालमा लेखन तथा कमेन्टका कारण पनि उनी बेलाबखत चर्चामा रहने गरेका खड्का सामाजिकरुपमा पनि सक्रिय रहने गरेका छन् । त्यसाे त  काठमाडाैँ जिल्ला अध्यक्ष दीपक निराैलाकाे क्षेत्र भएकाले निराैलाका अत्यन्त निकट एवम् प्रिय पात्र एमाले बुढानिलकण्ठ नगर अध्यक्ष प्रदीप डङ्गाेल पनि बुढानिलकण्ठ नगरपालिकाकाे मेयरकाे उम्मेदवार हुन सक्ने अनुमान गर्न सकिन्छ  ।

प्रदुषणकाे उच्च विन्दूमा काठमाडाैँ उपत्यका, मापदण्डभन्दा १३ गुणा बढि

Previous article

मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको व्यापक चाप

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *