वातावरणसमसामयिक

प्रदुषणकाे उच्च विन्दूमा काठमाडाैँ उपत्यका, मापदण्डभन्दा १३ गुणा बढि

0

काठमाडौं उपत्याकाको आकास केही दिनदेखि नै धुलो र प्रदूषणले ढाकिँदा मौसम खुल्न सकेको छैन । वायुमण्डल नै यसरी प्रदूषणले भरिँदा मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विज्ञहरू बताउँछन् । काठमाडौं उपत्यकाको हावामा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले तोकेको मापदण्डभन्दा १३ गुणा बढी पुगेको छ । वायुमण्डलमा २.५ माइक्रोनभन्दा साना व्यास भएका स–सना कण पीएम २.५ हुन् । यीनले मानव स्वास्थ्यलाई असर गर्ने बताइन्छ ।

 

मंगलबारको एयर क्वालिटी रिर्पोट अनुसार उपत्यकाको वायुमण्डलमा पीएम २.५को मात्रा प्रति क्युबिक मिटरमा ६४.८ माइक्रोग्राम छ । बुधबार दिउँसो १ बजे उपत्यकाको एयर क्वालिटी इन्डेक्स १७० देखिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हावामा पीएम २.५को मात्रा प्रति क्युबिक मिटरमा ५ माइक्रोग्राम हुनुपर्छ ।

बुढानिलकण्ठ काँग्रेसले चुनिखेलमा आयाेजना गरेकाे स्वास्थ्य शिविरमा ४२५ जनाले उपचार पाए

Previous article

एमालेबाट बुढानिलकण्ठ मेयरमा भट्टराइ, अधिकारी तथा खड्काकाे चर्चा

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *