स्थानीय

बुढानिलकण्ठ काँग्रेसले चुनिखेलमा आयाेजना गरेकाे स्वास्थ्य शिविरमा ४२५ जनाले उपचार पाए

0

नेपाली काँग्रेस बुढानिलकण्ठ नगर समितिले १ महिनाभित्र तेस्राे स्वास्थ्य शिविर सम्पन्न् गरेकाे छ । बुढानिलकण्ठ नगर पालिका वडा नं १३ मा निःशुल्क औषधीसहित बिभिन्न् राेगहरूकाे उपचार गर्ने शिविर संचालनकाे क्रममा ४२५ जनाले स्वास्थ्याेपचार गरेकाे नगर सहसचिव कुमार खड्काले जानकारी गराए । चुनिखेलकाे टुपेकमा आयाेजित स्वास्थ्य शिविरमा बिभिन्न राेगहरूकाे विशेषज्ञ स्वास्थ्यकर्मीहरू स्वास्थ्याेपचारमा संलग्न भएका थिए । शिविरमा भिडियाे एक्सरे तथा इसिजीसहित सल्यक्रियाकाे परामर्श सेवासमेत गरिएकाे थियाे ।

छाला, नाक,कान, घाँटी, आँखालागयत बिभिन्न राेगहरूकाे छुट्टाछुट्टै स्टल राखेर आयाेजित स्वास्थ्य शिविरमा काठमाडाैँ मेडिकल कलेजका स्वास्थ्यकर्मी उपचारमा संलग्न रहेका थिए । स्वास्थ्य शिविर जिपि काेइराेला फाउण्डेसन तथा नेपाली काँग्रेस बुनपा १३ इकाइ सहआयाेजक रहेका थिए ।

जनताकाे सेवा गर्ने अवसरका रूपमा स्वास्थ्य शिविरकाे कार्यक्रम आयाेजना गरिएकाे नगर समितिका सभापति राजाराम बुढाथाेकीले बताए । गाउँ घर टाेल छिमेकमै विशेषज्ञ डाक्टरकाे टाेली पुग्दा स्थानीयवासी उत्साहित भएकाे पनि उनले बताए ।

राराकाे चमत्कारिक रमणियता !

Previous article

प्रदुषणकाे उच्च विन्दूमा काठमाडाैँ उपत्यका, मापदण्डभन्दा १३ गुणा बढि

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *