राष्ट्रिय

बुढानिलकण्ठ स्कूलमा कक्षा ५ देखि निःशुल्क वा सहुलियत शुल्कमा अध्ययन गर्न चाहनेका लागि आवेदन आह्वान

0

बूढानीलकण्ठ स्कुलमा छात्रवृत्तिका लागि आवेदन आह्वान गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत बूढानीलकण्ठ स्कुल, काठमाडौं तथा साझेदारी कार्यक्रममा सहभागी विद्यालयमा कक्षा ५ देखि आवासीय रुपमा निःशुल्क वा सहुलियत शुल्कमा अध्ययन गर्न चाहनेका लागि आवेदन आह्वान गरिएको हो ।

आवेदन दिने विद्यार्थी वि.सं. २०६८ वैशाखदेखि २०६९ चैत मसान्तभित्र जन्म भई कम्तीमा २ वर्ष अगाडिदेखि सामुदायिक विद्यालयमा नियमित रूपमा अध्ययन गरी शैक्षिक सत्र २०७८ मा कक्षा ४ अध्ययन पूरा गरेको हुनुपर्नेछ । विभिन्न भौगोलिक क्षेत्र तथा लक्षित समुदाय समेतको प्रतिनिधित्व हुने गरी लिखित प्रतियोगितात्मक परीक्षाको नतिजाको योग्यता क्रमका आधारमा अन्तर्वार्ताबाट विद्यार्थी छनोट गरिने जनाइएको छ ।

परीक्षाका लागि २०७९ वैशाख १८ गते आइतबार दिउँसो १ देखि ४ बजेसम्म र वैशाख १९ गते सोमबार विहान ८ बजेदेखि १० बजेसम्म फर्म बुझउन सकिनेछ ।

बुढानिलकण्ठ काँग्रेसले स्थानीय तह चुनाव घाेषणापत्रका लागि नगरवासीसँग सु्झाव संकलन गर्ने

Previous article

धादिङका युद्धप्रसाद न्यौपानेले प्राप्त गरे उत्कृष्ट कृषक पुरस्कार प्रथम

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *