फोटो ग्यालरीराष्ट्रिय

नरदेवीमा १२ वर्षे श्वेतकाली जात्राकाे फाेटाे फिचर

0

काठमाडाैंकाे  नरदेवीमा १२ वर्षे जात्रा सञ्चालनको अनौठो प्रक्रिया छ । बाह्रवर्षे नरदेवी ‘ङतभुलु अजिमा’ (श्वेतकाली) देवीनाचसहित विभिन्न देवीदेवताको नाच प्रस्तुत गर्ने गरिन्छ । हरेक १२ वर्षमा नचाइने ‘ङतभुलु अजिमा’ नाच २०६६ सालपछि यो वर्ष नचाउन लागिएको हो । सो नाच अन्तर्गत विशेष देवीनाचपर्व मनाउने परम्परा छ ।

बाह्र वर्षको जात्रामा नरदेवीका सबै टोलमा घुमाउन लगिन्छ । सुरुमा क्षमा पूजा, कलश साधना पूजा भइसकेको छ । बाह्र वर्षको जात्रा आफैंमा विशेष छ । हरेक वर्ष पाहाँ चर्हेँको दिन डबलीमा नरदेवी निकाल्नुपर्छ । १२ वर्षमा बाहेक हरेक वर्ष जात्रामा १२ जना देवीदेवता निकालिन्छ । तर १२ वर्षमा १७ जना देवी देवताको नाच प्रस्तुत गर्ने चलन छ ।

‘ङतभुलु अजिमा’ जात्राको ‘ताभुज’ बाजाका सदस्य राजप्रकाश तुलाधरका अनुसार लोक उद्धारका लागि ‘च स्वा’ फूलबाट नरदेवी निस्किएकाे भन्ने किम्बदन्ती छ । ‘देवीलाई समस्त देशका मानिसलाई उद्धार गर्ने देवी भएर नरदेवी भनिएको  उनले भने ।

उहाँ भन्नुहुन्छ, त्यो समयमा नरदेवी शक्ति पीठको रुपमा थिए । गुणकामदेवको पालामा काठमाडौं उपत्यका बनाउने क्रममा भित्रि भाग जस्तै, (कुला भुलु, असं भुलु)मा त्रिकोण आकारको देवता राख्ने चलन थियो । मुख्य शहरअन्तर्गत पर्ने मन्दिरहरु मध्य श्वेतकाली माता पनि गुणकामदेवको पालामा स्थापना भएको भनिन्छ ।


तर विभिन्न देवी देवताका मुकुट लगाएर नाच देखाउने चलन अमर मल्लको पालामा भएको उनी बताउँछन् । जात्रालाई अझै राम्रो बनाउने काम भने रणबहादुर शाहले गरेकाे अभिलेखमा उल्लेख गरिएको छ ।

सार्वजनिक जमिनबाट बाटाे निकालेर गरिएकाे प्लटिङकाे बाटाे मान्य नहुने,जग्गा काराेबार एवम् घर बनाउन राेक्का हुने

Previous article

साँझपख महाकाली नदीकाे चाँदनी दाेधारा पुलकाे साैन्दर्य

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *