नदीनालामुख्य समाचार

काेसी टप्पुमा वन्यजन्तु आरक्षभित्र सिमसार जाेगाउने प्रयास सुरू

0

मासिँदो क्रममा रहेको सिमसार जोगाउन कोसी टप्पु वन्यजन्तु आरक्षअन्तर्गत रहेको मध्यवर्ती क्षेत्रको ४५ हेक्टर क्षेत्र सफाइको काम थालिएको छ। सिमसार मासिँदा लोप हुन थालेका माछा र चरासहितका सरिसृप प्रजाति जोगाउने उद्देश्यले आरक्ष हातासँगै मध्यवर्ती क्षेत्रमा पर्ने सिमसार क्षेत्र संरक्षणको काम अघि बढाइएको हो। संरक्षण अन्तर्गतको काममा सिमसारमा आश्रित समुदायलाई रोजगारी प्रदान गरिएको छ।

 

जीविकोपार्जन सहयोगका रूपमा स्थानीय जनशक्ति परिचालन गरी सिमसारबाट जलकुम्भीका साथै मिचाहा प्रजातिका झारपात हटाउने कार्यलाई अघि बढाइएको छ। सिमसार सफाइ थालेसँगै स्थानीयले परिवर्तनको आभाषसमेत गर्न थालेका छन्। हराउँदै गएका माछा र चराको विचरण बढ्न थालेको उनीहरू बताउँछन्।

 

संरक्षित क्षेत्रका रूपमा रहेको कोसी टप्पुको सिमसार क्षेत्र पछिल्लो समय भने जलकुम्भी र मिचाहा प्रजातिका कारण मासिँदो क्रममा छ। सफाइको क्रममा सिमसार क्षेत्रबाट निकालिएको जलकुम्भीलाई कम्पोष्ट मल बनाउने गरी तयारीसमेत गरिएको छ।

 

मावन र वन्यजन्तुबीचको द्वन्द्व अन्त्य गर्दै चरा र वन्यजन्तुको संरक्षणको उद्देश्य साथ कोसी टप्पु टु कञ्चनजंगा बेल्ट परियोजनाअन्तर्गत कोसी टप्पुमा संरक्षणका काम अघि बढाइँदै आइएको हो।परियोजनाअन्तर्गत सिमसार क्षेत्र बढाउन ४५ हेक्टर जग्गा खरिदसमेत गरिसकिएको छ। थप जग्गा खरिदको क्रमसमेत अघि बढाइएको छ।

 

सिमसार तथा सिमसारमा आश्रित जलचर र जीवजन्तुको संरक्षण गर्नु बेल्टको प्रमुख उद्देश्य रहेको छ। बेल्टअन्तर्गत सुनसरीतर्फको सिमसार संरक्षण तथा त्यसको प्रवद्र्धनको जिम्मेवारीको काम भने कोसी टप्पु लर्निङ ग्राउन्डले हेर्दै आएको छ। क्षेत्र विस्तारसँगै सिमसारलाई २०६५ मा कोसी बाँँध फुट्नु पूर्वको अवस्थामा फर्काउन केटीके बेल्ट र भर्टिकल वायोडाईभसिटी फण्डले सो क्षेत्रमा ठूलो धनराशि खर्च गर्दैछ।

 

वातावरणीय परिवर्तन र जैविक विविधताको संरक्षणमा वैज्ञानिक विधि अवलम्बन गर्दै अघि बढ्ने लक्ष्य लिएको परियोजनाले सिमसार सफाइ, क्षेत्र विस्तार र अध्ययन अनुसन्धानको काम अघि बढाउँदै लगेको छ। त्यसका साथै माछा तथा चरासँगै सिमसारमा आश्रित जीवजन्तुको वासस्थान पहिल्याउँदै दिगो संरक्षणमा जोड दिन नेपाल र भारत दुई देश सम्मिलित विज्ञ टोलीले अध्ययन तथा अनुसन्धानको काम थाल्ने गरी तयारीसमेत थालेको कोसी टप्पु लर्निङ ग्राउन्डले जनाएको छ।

इतिहासमा फागुन २९, दशरथ रङ्गशालामा हावाहुरीपछिकाे भागाभागमा भएकाे ७१ जनाकाे मृत्यू

Previous article

बुढानिलकण्ठः एमालेलाइ विरासत जाेगाउन हम्मे, काँग्रेसलाइ उम्मेदवार तय गर्न हम्मे

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *