कला/संगीतस्थानीय

श्री के.सी.काे ध्रुपदमा गुन्जियाे कपन

0

फागुन महिनाकाे अन्तिम शनिवार अर्थात् फागुन २८ गतेका दिन साँझ राजधानीकाे बुढानिलकण्ठ ११ कपनस्थित बगलामुखी मन्दिर परिसरमा सुप्रशिद्ध शास्त्रीय गायक श्री केसीले गाउँदै थिए । उनका गलाबाट निस्किएका ओजिलाे लययुक्त स्वरमा ध्रुपदकाे लय गुञ्जिरहेकाे थियाे । ध्रुपद गायन भैरहेकाे मन्च थियाे कपन संगीत सराेवरकाे डबली । गायक केसीलाइ ३ जना वाद्यवादकलाइ साथ दिइरहँदा पखावाजकाे तालचाहिँ चिरपरिचित मिलेस तन्डुकारकाे हातबाट आइरहेकाे थियाे। गाेधुली साँझमा ध्रुपद गायनमा चर्चित श्री केसीलाइ सुन्न भनेर डेढ दर्जन संगीतप्रेमीहरू कपनकाे सबैभन्दा सुन्दर ठाउँमा भेला भएका थिए ।

 

 मासिकरूपमा नियमित शास्त्रीय तथा भक्ति संगीतकाे कार्यक्रम गर्दै आएकाे  कपन संगीत सरोवरकाे याे १८४ औ श्रृङ्खला थियाे । ०६४ सालकाे कार्तिक महिनाकाे अन्तिम शनिवारबाट शुरू भएकाे कपन संगीत सराेवरकाे यात्रा हरेक महिना यसरी नै गुन्जिरहेकाे छ । काेभिडकाे बेला पनि भर्चुअलरूपमा याे कार्यक्रम संचालित भैरह्याे । बिभिन्न व्यक्ति तथा संस्था एवम् सरकारी निकायकाे सहयाेगबाट नियमित संचालित भैरहेकाे कपन संगीत सराेवरकाे याे कार्यक्रमलाइ बिभिन्न संस्थाहरूले प्रायाेजन पनि गर्ने गरेका छन् ।

 

१८८ औँ श्रृङ्खलालाइ चावहिलकाे चिरपरिचित ब्रिलियन्ट बहुमुखी कलेजले प्रायाेजन गरेकेा थियाे । कार्यक्रममा कलेजका तर्फबाट प्राचार्य दूर्गा नेपालले संगीत सराेवरले गर्दै आएकाे कामकाे प्रशंसा गरेका थिए । कपन संगीत सराेवर  विसुकुमार केसीकाे नेतृत्वमा संगीत साधक तथा संगीतप्रेमीले समूहले संचालन गरिरहेकाे छ ।

भारतीय पर्यटकलाइ नेपाल घुम्न निम्ताे दिँदै नेपाली व्यवसायी

Previous article

इतिहासमा फागुन २९, दशरथ रङ्गशालामा हावाहुरीपछिकाे भागाभागमा भएकाे ७१ जनाकाे मृत्यू

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *