राष्ट्रियसमसामयिक

गाउँघरमा पाटीपाैवादेखि सबै माैलिक सम्पदा सङ्कटमा

0

आवतजावतका लागि सडक सुविधा । खान, बस्नका लागि होटल, रेष्टुरेण्टकाे व्यवस्था हुँदैन थियाे विगतमा । त्यसैले पनि बटुवा, तीर्थयात्रीहरुको सहजताका लागि बाटो छेउछाउ पाटी–पौवा बनाइएका हुन्थे ।

 

दुई दशक अघि पाटी, पौवाको उपयोग र महत्व बेग्लै रहेको लमजुङ सुन्दरबजार नगरपालिका– ९, भोटेओडारका नारायणबहादुर कुँवर स्मरण गर्छन् । ‘पहिले अहिलेझैँ सडक सुविधा थिएन । गाँस र बासका लागि होटल थिएनन् । बाटोका छेउछाउमा घरहरु पनि खासै हुन्थेनन्,’ कुँवर भन्नुहुन्छ, ‘त्यसैले बटुवाका लागि बेलुका खान र बस्न सहज होस् भनी पानीका सुविधा भएका ठाउँ नजिकै पाटी–पौवा बनाइएका हुन्थे । ऊबेला यसको छुट्टै महत्व थियो ।’

उनका अनुसार पौवा ठूला हुन्थे । विशेषगरी, पौवा झिंगटी र ढुंगाले छाइएका हुन्थे । पाटी खरले छाइएका हुन्थे । ‘ठूला–ठूला काठका चार वटा, ६ वटा खामा गाडेर आधा भाग तल खामा र आधा भाग माथि उठाइ धुरी छाइ पाटी बनाइएका हुन्थे । तल काठका फलेक छापिएका हुन्थे,’ ७४ वर्षीय कुवँरले भने, ‘आकाशबाट पानी आउँदा बुटवाहरु पाटीको तल्लो भागमा खाना पकाइ खान्थे । अरुबेला नजिकै रहेका धारा, कुवा नजिक गइ खाना पकाउँथे । खान्थे । खाना खाएपछि आगो निभाई आफूसँग ओढ्ने, ओछ्याउने जे छ, त्यही प्रयोग गरी पाटीमा बटुवा रात बिताउँथे ।’

समयक्रमसँगै अहिले पुराना पाटी पाैवाहरु हराउँदै गएका छन् । कित भित्किएर गए भने कितकाे संरक्षण हुन सकेकाे छैन । ती मौलिक ग्रामीण सम्पदा हराउँदै गएकोमा ७४ वर्षीय नारायणबहादुरलाई ‘नमज्जा’ लाग्छ । अहिले गाउँघरमा प्राय: सबै गाउँबस्तीमा समेत सडकको पहुँच पुगेको छ । सडक विस्तारसँगै विगतमा बुटवाहरुका लागि बनाइएका परम्परागत, ऐतिहासिक एवं सांस्कृतिक महत्वका ग्रामीण सम्पदा पाटी, पौवा नासिँदै गएका उनको बुझाइ छ । उनका अनुसार कहिँकतै रहेका पाटी, पौवा जीर्ण छन् । तिनको पनि संरक्षण हुन सकिरहेको छैन ।

 

उहाँका अनुसार लमजुङको सुन्दरबजार नगरपालिका–६, बरेटारस्थित अझै पनि पौवा छ । विगतमा भोटेओडार क्षेत्रको धारापानी, भुत्याहा, खत्रीठाँटी लगायतका क्षेत्रमा पनि पाटी थिए । खत्रीठाँटीमा रहेको पाटीको भने मर्मत–सम्भार गरिएको छ । जस्ताले छाइएको छ । पाटीमा मानिसलाई भेटघाट, भलाकुसारी गर्नका लागि सहज भएको उनले बताए ।

 

पछिल्लो समय बढ्दो जनसंख्या, अव्यवस्थित बस्ती विकास, आधुनिक जीवनशैलीका साथै संरक्षण– संवर्द्धनमा ध्यान नपुगेका कारण परम्परागत कला, कौशल र मौलिक कलात्मक रुपमा बनाइएका सम्पदाहरु संकटको संघारमा पुगेका पाको पुस्ता बताउँछन् । पाटी, पौवा हराउँदै गएका छन् । तर शहरबजारमा यात्रुहरुका लागि ठाउँठाउँमा प्रतिक्षालय त बनाइएका छन् । तर तिनमा पाटी, पौवाको जस्तो मौलिकता भने नझल्किने कुवँर बताउँछन् ।

 

‘बजारी क्षेत्रमा ठाउँठाउँमा मानिसलाई एकछिन बस्न, गाडी कुर्न र गाडीबाट ओर्लन प्रतिक्षालय त बनाइएका छन् । तर यसमा मौलिकता भेटिँदैन,’ नारायणबहादुरले भने ‘मौलिक परम्परागत संस्कृति जगेर्नामा अहिलेका युवालाई खासै चासो र चिन्ता छैन ।’

 

गाउँगाउँमा सडक विस्तारले तीव्रता पाएसँगै पछिल्लो सयम मौलिक परम्परागत, सम्पदा निकै न्यून मात्रामा देख्न पाइन्छ । ग्रामीण परिवेशको कुनै कालखण्डको इतिहासको साक्षी बनेर संरक्षणको पखाईमा बसेका यस्ता सम्पदाको संरक्षण गर्नुपर्ने सरोकारवालाहरु बताउँछन् ।

हाम्रा अग्रज पुस्ताले सिर्जित गरेका यस्ता मौलिक विषय, सम्पदाको गाम्भीर्यता र महत्वलाई आत्मसत गरी यिनको संरक्षणमा सबै पक्ष जुट्नु जरुरी रहेको लमजुङ सुन्दरबजार नगरपालिकाका नगरप्रमुख जनकराज मिश्र बताउँछन् । ‘हामीले हाम्रा पुस्ताले सिर्जित गरेका विषय, सम्पदा र योगदानलाई कदापी भुल्नु हुँदैन । तिनको महत्वलाई बुझेर संरक्षणमा सबैले हातेमालो गर्नुपर्छ,’ नगरप्रमुख मिश्रले भने ।

 

समय र प्रविधिको अनेकन विकासले मानिसको भौतिक जीवन सरल, सहज त बनाएको छ । तर पनि भावी पुस्ताका लागि भए पनि नेपालीपन बोकेका, ग्रामीण परिवेश झल्किने, समेटिने यस्ता ग्रामीण सम्पदाको संरक्षण गर्नु आवश्यक छ ।

प्रशिद्ध घाेडाघाेडी सिमसारलाइ नेपालकाे पहिलाे चरा अभय आरण्य(Bird Sanctuary) क्षेत्र बनाइने

Previous article

ट्रिपर आवतजावत हुँदा बाटाे नराम्ररी बिग्रिएपछि गाउँपालिकाले चुनढुंगा खानी बन्द गर्याे

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *