संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोग (यूएनएचसीआर) का प्रमुख फिलिप्पो ग्रान्डीले सुरक्षाको खोजीमा युक्रेन छोडेर जाने मानिसको संख्या २० लाख पुगेको बताएका छन् ।
युक्रेनको छिमेकी पोल्यान्डमा मात्रै १० लाख बढी मानिस शरण लिन पुगेका छन् । रुसले युक्रेनमा आक्रमण गरेको मंगलबार १३ दिन पुगेको छ ।
रुसी आक्रणबीच युक्रेन छोडेर जानेको संख्या तीव्र रूपमा बढ्ने अपेक्षा गरिएको छ ।
Comments