विचार/लेख

नेपालको पहिलो खाँचाेः हिन्दू अधिराज्य !

0

– शास्त्रदत्त पन्त
किन चाहिन्छ हिन्दू अधिराज्य नेपाल ?
वैदिक संस्कार विश्वको पहिलो र सदा हितकारी सफल शासन व्यवस्था हो । त्यसको निरन्तरताको इतिहास पृथ्वीमा मानवजाति जत्तिकै लामो छ । वैदिक राजसंसथा अरु कुने देशको भन्दा भिन्न हो । वैदिक समाजबाद(साम्यबाद)भौतिक साम्यवादी व्यवस्थाभन्दा फरक हो ।
राजसंसथाको बिकल्पमा ल्याइएका सबै पद्धति असफल साबित भए । यद्यपि ती परिवर्तन ल्याउँदा अन्य मुलुकमा झैँ लाखौँ मानिसको नरसंहार भएन । किनभने नेपालमा वैदिक संस्कारको राजओजयुक्त राजसंस्था थियो । किनकी आवधिक रुपमा सत्तामा जानेहरुलाई देश हैन सत्ता मोह हुन्छ । राजालाई देश र जनताको मात्र मोह हुन्छ । जनसंहार हुने देखेर २०६३ सालको आन्दोलनमा जनता मारेर गद्धी जोगाउन राजाले उचित ठानेनन् ।
राजाले सजिलै गद्दी छाडेर जनताको नासो जनतालाई नै बुझाइ दिए । देश राम्ररी चल्न नसकेपछि जनताले फेरि राजालाई गद्दी सम्हाल्न आह्वान गरिरहेका छन् । स्मरणीय कुरा के हो भने वैदिक सनातन धर्ममा करोडौँ वर्षदेखि चलि आएको समाजलाई रातारात धर्म निरपेक्षता, संघात्मकता, नास्तिकताजस्ता कुरामा जनसंसकार अभ्यस्त हुन सकेका छैनन् । सामाजिक परिवर्तन, विश्व प्रविधि र वातावरण अनुसार आमूल हैन क्रमशः हुने कुरा हो ।
नेपालको शासन पद्धति वैदिक सनातनी हो । त्यसलाई जनबोलीलिे हिन्दुअधिराज्य भनिन्छ । यो पद्धतिमा राजसंस्था अनिवार्य हुन्छ । त्यो राजा राजधर्म, राज ओज, राजशिक्षा, राज आचरण आदि गुणले हजारौँ पुस्तादेखि जन सेवा, प्राणी सेवा आदि कलाले भरिपूर्ण वंशज गुण हुन्छन् । तिनै गुणमा राज ओज हुन्छ जुन अन्य कसैमा पनि हुँदैन ।
सूर्यको तातो र चन्द्रमाको प्रकाशले धरामा पारेझैँ पौरस्त्य संस्कारमा राज ओजले ठूलो काम गर्दछ । जनतामा राजाको सकरात्मक डर, अनुशासन र मर्यादा हुन्छ । राज ओजबाट सबै सावधान हुन्छन् । नेपालको राजसंस्थाको ओज वैदिक परम्परामा रहेकोले धर्म र पाप, नैतिकता र इमान्दारितासँग पनि बाँधिएको हुन्छ । वैदिकराजा सँधै संवैधानिक हुन्छ । सँधै प्रजातान्त्रिक हुन्छ । जनचाहना अनुसार राज्य चलाउँदछन्, हुलको चाहना अनुसार होइन ।
यो सन्देश सबैखाले कर्मचारीबाट सेवाग्राहीसम्म जान्छ । यही ओजका कारण अनियमितता र भ्रष्टाचार पनि रोकिन्छन् । तर जनप्रतिनिधित्वबाट बनिने राष्ट्रपतिमा कुनै ओज हुँदैन । ओज हुने उर्जाशक्ति राष्ट्रपतिले पाएका हुँदैनन् । त्यो नभएपछि उनको नियत असल हुनसक्तैन । किनकि उसको नियत एक पदावधिबाट पुस्तौपुस्तासम्म अयसगर्न पुग्ने, आर्जनगर्ने चाहना हुन्छ। कपाल दुखे पनि राज्य कोषबाट जापान र अमेरिका पुगेको यथार्थ नजिर छ ।
राष्ट्रपतिलाई जनताबाट सम्मान नहुनुमा त्यसमा ओज नहुनुले हो । जनताले उसलाई हिजोको कुखुरा चोर, मुलाचोर, बेइमान झुटो बोल्ने आदती, भैँसी गोठालो, फलानाको छोरो, यस्तो उस्तो आदि कारणले ओज हुनै सक्दैन । ओज बिनाको व्यक्तिले हाँकेको राज्यव्यवस्थामा जनसहभागिता हुँदैन, अनुशासन हुँदैन । राजा भनेको वंशज, रामराज्यका उत्तराधिकारी अभिमन्त्रित श्रीपेच लगाउने, राजगद्दीमा बस्ने, राज्याभिषेकबाट प्राणप्रतिष्ठित भएर विष्णु रुप धारण गराइएकोले ओजयुक्त हुन्छ, शुक्ष्म उर्जायुक्त हुन्छ ।
नेपाललाई ओज भएको राजाको खाँचो छ । राष्ट्रपतिमा ओज नहुनुको अर्को कारण कमाउधन्दा गर्नु हो । त्यस्तै हुन्छ राष्ट्रपतिको सहायक पनि, युवराजजस्तो हुन सक्तैन । हाम्रोजस्तो संक्रमणकालीन सोच भएको मुलुकमा ओजयुक्त राष्ट्रप्रमुख राजाको खाँचो छ, वैदिक राजधर्मयुक्त राजाको खाँचो छ ।
सत्तामा आएका नेपालका कुनै पनि दलका नेता जननेता हुन नसकेको अवस्थामा नेपालका राजा ज्ञानेन्द्र स्पष्ट रुपमा राजनेता हुनुमा उनमा ओज बाँकि रहेर हो । यी कुरा २०७७/७८ सालका घटनाहरुले पुष्टि गरिदिएका छन् । यहीँ नेर राज ओज र सामान्य व्यक्तिमा फरक हुन्छ । एउटामा विशाल भावना हुन्छ भने अर्काेमा संकुचित र क्षणिक प्रवृत्तिबाट ग्रसित हुन्छ ।

लाङटाङ राष्ट्रिय निकुन्जमा भीषण डढेलाे, १० हेक्टरभन्दा धेरै क्षेत्रफलमा फैलियाे

Previous article

युद्ध शुरू भएपछि २० लाखले युक्रेन छाडे

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *