प्रकृतिराष्ट्रिय

लाङटाङ राष्ट्रिय निकुन्जमा भीषण डढेलाे, १० हेक्टरभन्दा धेरै क्षेत्रफलमा फैलियाे

0

लाङटाङ राष्ट्रिय निकुन्ज क्षेत्रकाे १० हेक्टरभन्दा धेरै ठाउँ डढेलाे फैलिएकाे समाचार प्राप्त भएकाे छ । डिभिजन वन कार्यालय, रसुवाका अनुसार, गोसाइँकुण्ड गाउँपालिका-१ थुमनको जङ्गलमा शनिबारदेखि डढेलो लागेको हो। सोमबारसम्म दुई सय हेक्टर क्षेत्रमा डढेलो फैलिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी बद्रीप्रसाद ढुंगानाले बताए।

 

गोसाइँकुण्ड गाउँपालिका-२ टिमुरे क्षेत्रमा डढेलो लागेको छ। यो लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र हो। यो क्षेत्रमा १० हेक्टरमा डढेलो फैलिएको छ।

 

डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी र स्थानीय सामुदायिक वन उपभोक्ता समितिले प्रयास गरिरहेका छन्। दुई दिनदेखि डढेलो निभाउने थालिएको भए पनि नियन्त्रणमा नआएको सूचना अधिकारी ढुंगानाले बताए।

 

सुक्खा मौसम शुरू भएसँगै निकुञ्ज तथा वन क्षेत्रमा डढेलो लाग्ने गरेको छ। गत वर्ष पनि दुई हजार पाँच सय हेक्टर क्षेत्रमा डढेलो लागेको थियो।

 

डिभिजन वन कार्यालयका अनुसार, २०७७ साउनदेखि २०७८ असारसम्म दुई हजार ८३५ हेक्टर क्षेत्रमा डढेलो लागेको थियो। जसमा डिभिजन वन कार्यालयको दुई हजार पाँच सय हेक्टर र लाङटाङ राष्ट्रिय निकुञ्जको ३३५ हेक्टर क्षेत्र रहेको थियो।

 

डढेलोले सल्लो, कटुस, चिलाउने लगायतका बोटविरुवा जलेका थिए। वन्यजन्तु तथा चराचुरुङ्गीको वासस्थान नासिएको थियो। कैयौं जनावर जलेर मरेका थिए। लाङटाङ निकुञ्ज क्षेत्रमा पनि हरेक वर्ष डढेलो लाग्दै आएको छ। निकुञ्जको तथ्याङ्क अनुसार, २०७७/७८ मा ३३५ हेक्टर र २०७५/७६ मा ३७ हेक्टर क्षेत्रमा डढेलो लागेको थियो।

 

नयाँ घाँस उम्रिने लोभमा स्थानीय बासिन्दाले वन क्षेत्रमा आगो लगाउने गरेको वन कार्यालयले जनाएको छ। त्यस्तै, स्थानीय बासिन्दाको लापरवाहीले पनि डढेलो लाग्ने गरेको छ।हिमालखबर

गाउँका ऐतिहासिक कुवा र पँधेरा पनि संरक्षण–संवर्द्धनकाे अभावमा हराउँदै

Previous article

नेपालको पहिलो खाँचाेः हिन्दू अधिराज्य !

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *