राष्ट्रियविकास

मधेश प्रदेशले बस किनेर थन्क्याएकाे १ वर्षपछि बस नचलाउने निर्णय गरेकाे छ

0

मधेश सरकार अर्थात प्रदेश नं २ ले वीरगञ्जदेखि सप्तरीसम्म सञ्चालनका लागि गत वर्ष पाँच वटा बस खरीद गरेको थियो। साे बस सन्चालनमा आएकाे पनि थिएन ।  अहिले आएर बस सञ्चालन नगर्ने निर्णय गरेको हो।

प्रदेश मन्त्रिपरिषद्को बैठकले खरीद गरिएका बसलाई आफैंले नचलाउने र विभिन्न संघसंस्थालाई दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ मन्त्री शैलेन्द्र साहले बताएका छन् । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दुई, कृषि विश्वविद्यालय, धनुषाको कृषि तालीम केन्द्र र प्रदेश प्रशिक्षण केन्द्रलाई एक-एक बस दिने निर्णय भएको छ।

 

प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा प्रदेश परिवहन स्थापना गर्न बस खरीद गरेको थियो। तर, बस सञ्चालन गर्दा निकै खर्च हुने र कर्मचारीको समेत व्यवस्था गर्नुपर्ने भएकाले आफैंले नचलाउने निर्णय गरेको मन्त्री साहले बताए।

 

गत वर्ष तत्कालीन मन्त्री जितेन्द्र सोनलले जनतालाई सरल, सुलभ तथा व्यवस्थित यातायात सेवा प्रदान गर्ने भन्दै २०७७ सालको धनतेरसका दिन तीन करोड नौ लाख ८२ हजारमा पाँच बस ल्याएका थिए। पाँच बसको भुक्तानी गत वर्षको पुसमै गरिसकेको छ। त्यसयता पाँचै बस जनकपुर चुरोट कारखानामा थन्किएका छन् । बसलाई जनकपुरधाम-वीरगञ्‍ज, जनकपुरधाम-राजविराज रुटमा सञ्चालन गर्ने योजना थियो।

बुढानिलकण्ठले वन, नदीनाला र सार्वजनिक जमिन दाेहन गर्नमा नै पाँचवर्ष बितायाे

Previous article

गाउँका ऐतिहासिक कुवा र पँधेरा पनि संरक्षण–संवर्द्धनकाे अभावमा हराउँदै

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *