नदीनाला

काठमाडाैँका जनप्रतिनिधिले नदी तथा पानीकाे महत्व नबुझ्दा नीतिगतरूपमै नदिनाला मासेर बाटाे बने

0

बुढानिलकण्ठ नगरपालिकाले अाेगटेकाे भूपरिधिमा २० वर्षअघिसम्म दर्जनाैँ खाेलानालाहरू थिए । यी दिनमा अाइपुग्दा यी खाेलाहरूकाे अस्तित्वका रूपमा धाेविखाेलालगायत ५ ६ वटा अतिक्रमित नदीहरूले गरिरहेका छन् । जनप्रतिनिधिले नदीकाे महत्व नबुझ्दा बस्ती विकासका नाममा दर्जनाै साना खाेल्सीहरू बाटाे बने भने कतिपय बन्ने क्रममा छ । याे कथा बुढानिलकण्ठकाे मात्र हैन उपत्यकाका हरेक पालिकाकाे हाे ।

काठमाडौं उपत्यका नगर विकास प्राधिकरणले बागमती किनाराको दायाँबायाँ ४०–४० मिटर छोडेरमात्र संरचना बनाइनुपर्ने मापदण्ड तय गरेको छ। तर, व्यवहारतः उक्त मापदण्ड कार्यान्वयनमा छैन। प्राधिकरणले तय गरेको मापदण्ड सरकारबाटै उल्लंघन भएको छ। जनस्तरमा भइरहेको नदी क्षेत्रमाथिको अतिक्रमण त अरू कहालीलाग्दो छ। मानवीय अतिक्रमणका कारण उपत्यकाका नदीनालाहरू अस्तित्व हरणको अवस्थामा पुगेका छन्। उपत्यकामा कुनै त्यस्ता नदीनाला बाँकी छैनन्।

 

जसले अतिक्रमणको सामना गर्नु नपरेको होस्। मानवीय अतिक्रमणको सामना गर्ने खोलानालाको सूचीमा टुकुचा अग्रपंक्तिमा छ। खोला नै ढलान गरेर टुकुचामाथि घर र व्यापारिक भवन निर्माण भएका छन्। लक्ष्मी बैंक, सिद्धार्थ बैंक, नेपाल लाइफ इन्स्योरेन्सलगायत वित्तीय संस्थाहरू टुकुचामाथि बनेका छन्।

बालुवाटार–गैरीधारा क्षेत्रमा पनि टुकुचाको हालत त्यस्तै छ। बागमती किनाराको ठूलो क्षेत्र सुकुम्बासीका नाममा अतिक्रमित छ। बागमती–विष्णुमती, धोबीखोला, टुकुचा, बल्खु खोलालगायत नदीनालाको दायाँबायाँ तटबन्ध बनाएर सरकारले नै अतिक्रमणकारीलाई सघाएको छ। ढल निकास, पार्क, तटबन्ध, ग्रिनबेल्ट, कोरिडरका नाममा नदीहरूमाथि भौतिक भार थोपरिएको छ।

उपत्यकाका नदीनालाको प्राकृतिक बहाव अवरुद्ध हुनमा कथित आधुनिक इन्जिनियरिङ प्रविधि पनि कम जिम्मेवार छैन। बाढी नियन्त्रणका नाममा इन्जिनियरिङ प्रविधि अपनाएर नदीको दुवैतिर बनाइएका ठाडा पर्खालहरूले नदीलाई कज्याइएको छ। बाढी व्यवस्थापन सम्बन्धमा पुर्खाहरूले आर्जेको रैथाने ज्ञानलाई आधुनिक इन्जिनियरिङ प्रविधिले विस्थापित गरेको छ।

उपत्यकाका नदीनालाहरूको दुर्दशा भने अहिले सुरु भएको होइन। खासगरी २०१९ सालपछि सिमेन्टका घर बन्न थालेपछि उपत्यकाका नदीनालाहरूको दुर्दशा सुरु भएको हो। सिमेन्टको घर निर्माणका लागि आवश्यक बालुवा स्थानीय नदीनालाहरूबाट झिक्न थालेपछि यहाँका खोलानाला साघुरिँदै गहिरिन थालेका हुन्। २०४६ सालपछि राजधानीको जनसंख्यामा वृद्धिसँगै पूर्वाधार निर्माणले तीव्रता पाएपछि यहाँका नदीनालाबाट बिनामापदण्ड अन्धाधुन्ध रूपमा बालुवा उत्खनन गर्ने दिन

दुईगुना रात चौगुना बढ्यो। परिणामतः २०४८ भदौमा थापाथलीको पुल नै भासिन पुग्यो। पछि सोही ठाउँमा जापान सरकारले अर्को पुल बनाइदियो। जुन पुलले कुपण्डोलतिरका दुईओटा घाटहरूलाई नै आहारा बनायो।

बागमती तटमा हिन्दु समुदायका २० ओटा तीर्थस्थल छन्। बौद्ध धर्ममार्गी नेवार समुदायका १२ ओटा तीर्थस्थल छन्। पशुपतिको आर्यघाटदेखि चोभारसम्म दर्जनौं घाटहरू छन्। सहायक नदीहरूमा रहेका घाटहरूको संख्या अरू बढी छ। ती सबै घाट मृत्युसंस्कारसँग जोडिएका छन्। तर, दुर्भाग्य मानवीय अतिक्रमणका कारण अधिकांश यी घाटहरू आज अस्तित्वमा छैनन्। बागमती किनारामा जुद्धशमशेर र चन्द्रशमशेरले बनाएका जुद्धघाट र चन्द्रघाट पनि थिए भन्ने कुरा इतिहासको पानामा छ। चन्द्रघाट रहेको ठाउँमा हाल प्रहरी कार्यालय छ। हरिहरघाट र विश्वराज मिश्रघाटमाथि मासु पसल सञ्चालनमा छन्।

जैविक विविधतालाइ बचाउन नसके मानव अस्तित्व नै सङ्कटमा

Previous article

वातावरण/पर्यावरण संरक्षणमा नारी भूमिका

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *