नेपालमा कोभिड संक्रमण कम भएपछि विदेशी पर्यटक आउने संख्या बढ्न थालेको छ। गत फेब्रुअरीमा १९ हजार ७ सय ६६ जना विदेशी पर्यटक नेपाल आएका छन्। यो गत वर्षको सोही अवधिको भन्दा १ सय ६७ प्रतिशत बढी हो।
गत वर्षको फेब्रुअरीमा ९ हजार १ सय ४६ पर्यटक नेपाल आएका थिए। पर्यटन बोर्डका अनुसार कोभिड नियन्त्रणसँगै पर्यटक आवागमन बढ्न थालेको हो।
बोर्डले तयार पारेको तथ्यांक विवरण अनुसार फेब्रुअरीमा युरोपबाट आउने पर्यटकको संख्या ३२१ प्रतिशतले वृद्धि भएको छ। गत वर्ष यही समयमा युरोपबाट ११ सय पर्यटक नेपाल भित्रिएकोमा यो वर्ष ४८ सय पर्यटक भित्रिएका छन्।
यसैगरी ओसियानाबाट आउने विदेशी पर्यटकको संख्या २१ सय प्रतिशतले वृद्धि भएको छ। गत वर्ष ४७ जना भित्रिएको यो वर्ष अष्ट्रेलिया र न्युजियल्याण्डबाट एक हजार ७३ पर्यटक आएका छन्।
बोर्डका अनुसार फेब्रुअरीमा एसियाबाट आउने पर्यटकको संख्या ४५ प्रतिशतले वृद्धि भएको छ। गत वर्ष यही समय करिब पाँच हजार पर्यटक आएकोमा यो वर्ष सात हजार भन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन्।
Comments