काराेवार/अर्थतन्त्र

टाटा माेटरले नेपालमा ग्राहकहरूलाइ वम्पर अफरकाे याेजना ल्यायाे

0

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले कमर्सियल गाडी खरिद गर्ने ग्राहकहरुका लागि अफर ल्याएको छ। कमर्सियल गाडी ग्राहकहरुका लागि अहिलेको असहज आर्थिक अवस्थामा पनि सहज होस् भनेर धारणाले आकर्षक अफर सहितको ‘टाटा मोटर्सको धमाका- न पहिले, न कहिल्यै,’ नामको योजना ल्याएको जनाएको छ।

 

यस योजना अन्तर्गत ग्राहकहरुले पहिले कहिल्यै नपाएको सुविधाहरु प्राप्त गर्ने दावी कम्पनीले गरेको छ।

माघ १८ गते देखि लागू भएको यो योजना फागुन १६ गते सम्मका लागि सार्वजनिक गरिएको थियो। तर ग्राहकहरुको अधिक माग आएकाले योजनालाई चैत १७ गते सम्मका लागि थप गरिएको सिप्रदी ट्रेडिङ्गका सिनियर जिएम अनुपमणि ढकालले जानकारी  दिएका छन्।

‘टाटा मोटर्सको धमाका अफर’ अन्तर्गत  नगद खरिदमा विशेष छुट पाइने उनले बताए।

यसैगरी क्यास ब्याक अफर, मासिक किस्ताबन्दीको सुविधा, नगद खरिदमा ३ सरल किस्ताको सुविधा, एक्सचेन्ज को सुविधा, तीन किस्तासम्म छुटको सुविधा, पुरानो टिपरको स्क्र्याप ल्याएर नयाँ गाडी खरिद गर्दा ३ लाखसम्मको छुट लगायतका अफरहरु उपलब्ध रहेका छन्।

५२ वर्षीय विश्वप्रशिद्ध क्रिकेटर शेन वार्नकाे हृदयघातका कारण निधन

Previous article

काेभिड संक्रमण घट्याे, बिदेशी पर्यटकहरू आउन थाले

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *