केही महिनाअघि भएकाे नेपाली काँग्रेसकाे चाैधाैँ महाधिवेशनमा शेखर काेइराला टिमबाट महामन्त्रीमा निर्वाचित गगन थापा पछिल्लो समय देउवासँग नजिक देखिएका छन् ।केही महिना अघिसम्म देउवाकाे चरम आलाेचक थापा पछिल्ला समय हरेक महत्पूर्ण ठाउँमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका साथमा हुने गर्छन् ।
पदाधिकारी बैठक होस् या कार्य सम्पादन समितिको बैठक, गठबन्धनको बैठक होस् या प्रमुख प्रतिपक्षी दलका नेताहरुसँगको बैठक सबैतिर देउवासँगै देखिन थालेका छन् महामन्त्री तथा प्रभावशाली युवा नेता गगन थापा । काँग्रेस पार्टीमा दुई महामन्त्री भए पनि देउवाले पछिल्लो समय हरेक बैठकमा गगनलाई छुटाउँदैनन् तर कुनैबेला देउवाका विश्वासिला विश्वप्रकाश सर्मा भने सामाजिक सन्जालमा मात्र देखिन थालेका छन् ।
गत हप्ता एमसीसी पारित गर्ने विषयका हरेक गाैँडामा गगन थापा प्रम देउवाको साथमा देखिए ।याे क्रममा आलाेचक समालाेचकहरूले देउवाको बोली गगनले बोल्न थालेको समेत आराेप लगाए । विशेषगरी विपक्षी एमाले मात्र नभै गठबन्धनका माके र समाजवादीका नेताहरूसमेत थापाकाे उपस्थितिप्रति सशंकित देखिएका थिए । समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले त थापाका बारे तिक्ततापूर्ण बाेलेकाेसम्म पाइएकाे थियाे ।
याे विषयमा शेखर काेइरालापक्षले भने खासै टिप्पणी गरेकाे छैन । काेइराला ग्रुपमा एमसीसीमा पार्टी एकमत रहेकाले यसमा गगन देउवासँग नजिकियो भन्ने अबस्थामा नपुगेकाे बताइन्छ ।
Comments