राजनीतिराष्ट्रिय

काँग्रेस प्रवक्तामा महतलाइ ल्याएकामा देउवा खेमामा चरम असन्तुष्टि

0

सबैलाइ थाहा नै छ नेपाली काँग्रेसका सभापति तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाका अत्यन्त विश्वासिला व्यक्तिकारूपमा डा प्रकाशशरण महत पर्दछन् । क्षमताका कारणभन्दा पनि देउवा निकट भएका कारण महतले बिभिन्न पद तथा प्रतिष्ठा पाउने गरेकेा आराेप लाग्ने गरेकाे छ । केही महिना अघि भएकाे पार्टीकाे महाधिवेशनमा महामन्त्री पदमा लज्जास्पद हार ब्यहाेरेका महतलाइ देउवाले शक्तिशाली प्रवक्ता पद हस्तान्तरण गरेका छन् ।

महतलाइ प्रवक्ता पद दिएसँगै देउवाकै कारण महामन्त्रीमा अवसर नपाएका  गृहमन्त्री बालकृष्ण खाँण, एनपी साउद, रमेश लेखक पनि देउवासँग रुष्ट रहेकाे बताइन्छ।त्यसाे त यी नेताहरुलाई प्रयोग गर्दै उपसभापति पूर्णबहादुर खड्काले अर्को समूह बनाउन खोजेकाले देउवा सशंकित भएकाले महत्वपूर्ण पदमा महतलाइ ल्याइएकाे हाे ।

देउवा टिमबाट महामन्त्रीका उम्मेदवार बनेका डा प्रकाशशरण महत आफ्नै समूहको अन्तर्घातका कारण पराजित भएको आरोप लागिरहेकाे बेला खाण, साउद र लेखकसँग देउवाकाे असन्तुष्टिकाे प्रतिफल महतलाइ भने चिठ्ठा परेकाे छ ।

देउवाको विश्वाशिलो पात्र भएकै कारण महतलाई हराउन सुदूर पश्चिमका नेताहरु लागिपरेको आरोपसमेत लागेको थियो। आफूलाई मतदान गरेकालाई धन्यवाद दिन अनुपम फुडल्यान्डमा आयोजित पत्रकार सम्मेलन चुनावी घातबारे प्रश्न गर्दा प्रकाशशरणले पुस ९ गते भनेका थिए, ‘परिणाम सबैलाई थाहै छ। यसबारे थप टीका टिप्पणी गर्न म चाहन्नँ। अनपेक्षित मलाई मात्रै लागेको होइन। साथीहरूले पनि सोधेका छन्।’

पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म भरपर्दो मान्छे नभएकै कारण प्रकाशशरणलाई प्रवक्ता रोजेको देउवा निकट नेताहरु बताउँछन्।

 

Bagmati Today

३ कविका ३ कविता

Previous article

देउवा-गगनकाे नजिकिएकाे सम्बन्ध !

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *