विशेषसाहित्य

३ कविका ३ कविता

0

वाग्मती खबरकाे प्रकाशनकाे शुभअवसरमा हामीले साहित्यतर्फ ३ जना कविका रचनालाइ प्रकाशन गरेका छाैँ । साहित्य टुडे शीर्षकमा हामी साहित्य तथा वाङ्मय क्षेत्रलाइ निरन्तर प्रकाशन गर्नेछाैँ । यसक्रमा हामीले तीन कविहरू विसुकुमार के.सी., दिनेश पाण्डेय तथा रामेश्वर के.सी.का रचनालाइ प्रकाशित गरेका छाैँ । तीनवटा कविका रचना हामी सम्बन्धित व्यक्तिकाे फेशबुकबाट साभार गरेका हाैँ ।
रचना (१)
विसुकुमार के.सी.
उज्यालोको लागि
बिहान बिउझिने बित्तिकै
पर्दा हटाउछु
झ्याल खोल्छु
उज्यालोको लागि,
उज्यालो नभए
म बिउझिनुको
के अर्थ भयो र ।
उज्यालो नभए विशाल आकाश पनि देखिदैन,
बारिमा रुख उभिएको
बगैचाका फुल फक्रेको
चराहरु उडेको
हिमाल हाँसेको
पाहाड नाचेको
खेतहरुमा धान फलेको
खोलामा पानी बगेको
अहं केही पनि देखिदैन ।
उज्यालो नभए
तिमिले मलाई देख्दिनौ
मैले तिमिलाई देख्दिन
कोठाको ऐना देखिदैन
म आफैले आफैलाई पनि देख्दिन।
हो त्यसैले
धेरै मान्छेहरु
उज्यालो भए पछि मात्र बिउझन्छन,
अध्यारै भए फेरि
आँखा बन्द गरेर सुत्छ्न ।
निशाचरहरु रमाउछन
र उल्लुहरु अध्यारोको भजन गाउछ्न,
कोहि कोहि मात्र
उज्यालो लेराउन बिउझन्छन
अध्यारोको विरोधमा
बिउँझन्छन ।

 

रचना (२)

दिनेश पाण्डे

भोलिपर्सि बोलाइनस् भन्न पाउँदिनौ
माया गरी बोलाउँदा किन आउँदिनौ ।।
तिम्रै मनको पीडा पोखी लेख्छु दिनदिनै
लय हाली आफ्नै गीत किन गाउँदिनौ ।।
तिमी मेरी तिम्रो म हुँ जानिसकेपछि
आफ्नो जोडी सम्हालेर किन दाउँदिनौ ।
प्रेमपूर्ण मिठो बोली भित्रैदेखि बोली
मन खोली चोखो पिरिम किन लाउँदिनौ ।।
जैल्यै देख्छु धाएकी छ्यौ अभिसारतिर
कैल्यै पनि सामु मेरो किन धाउँदिनौ ?
हेमन्तको दिनेशको न्यानु आभा मागी
रसाएको दिलको छानो किन छाउँदिनौ ।।

 

रचना (३)

रामेश्वर के.सी.

मेरो मनको फुलबारीमा फूल झै तिमी फुलि देउन
सबै दु:ख पीडा बिर्सदै केहि बेर तिमी भुलि देउन ।

चाहानाकै मुल बाटोमै नजर अोछ्याएर हेर्दै बसे
संसारकै सामु सगरमाथा जस्तै तिमी चुलि देउन ।

तिम्रै अनुपस्थितिले जीवन पनि दिशा हिन भयो
प्रत्येक दिशामा खुसि नै बनेर तिमी खुलि देउन ।

उजाडिदै छन हृदयका फाँट,बेसि र पखेराहरु
उर्वर र उमंगको वसन्त भएर तिमी डुलि देउन ।

जवानिको औसत मात्रा मिलाउनै कठिन भो
प्रत्येक मात्रा मिलाउन लाई तिमी घुलि देउन ।

Bagmati Today

युक्रेनकाे समर्थनमा बिभिन्न देशका राजदुतद्वारा बाैद्धनाथमा दीपप्रज्ज्वलन तथा प्रार्थना

Previous article

काँग्रेस प्रवक्तामा महतलाइ ल्याएकामा देउवा खेमामा चरम असन्तुष्टि

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *